पश्चिम नेपाल | २७ बैशाख २०८२, शनिबार १०:०४
भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने तयारी गरेका छन् । कप्तान रोहित शर्मापछि उनले पनि सन्यासको मनस्थिति बनाएका हुन् ।


३६ वर्षीय कोहलीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई यो निर्णयबारे जानकारी गराएका छन्। यद्यपि, बीसीसीआईले विशेषगरी आगामी जुन-जुलाईमा हुने इंग्ल्यान्डविरुद्धको महत्त्वपूर्ण पाँच टेस्ट म्याचको शृंखलालाई मध्यनजर गर्दै उनलाई यो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।
भारतीय टेस्ट टोलीका नियमित कप्तान रोहित शर्माले मे ७, २०२५ मा टेस्ट क्रिकेटबाट सन्यास लिएको केही दिनपछि कोहलीले पनि उनलाई पछ्याउने मनस्थिति बनाएका हुन्। कोहलीको सम्भावित सन्यासले भारतीय टेस्ट टोलीमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ, किनकि उनी भारतका सर्वाधिक सफल टेस्ट कप्तान हुन्। उनले २०१४ देखि २०२२ सम्म टेस्ट टोलीको नेतृत्व गरेका थिए र ६८ म्याचमा ४० जित हासिल गरेका थिए।



