पश्चिम नेपाल | २८ बैशाख २०८२, आईतवार ०८:५२
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ ।
सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ .


देशका हिमाली भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।



