☰ open Loading... 19 June 2025|  

एमाले निकट खेलकुद महासंघ दैलेखको अध्यक्षमा थापा चयन
पश्चिम नेपाल   | ५ जेष्ठ २०८२, सोमबार २१:१२

दैलेख –नेकपा (एमाले)निकट नेपाल खेलकुद महासंघ  दैलेखको अध्यक्षमा लाल बहादुर थाापा (एलबि) चयन भएका छन् । सोमबार नेकपा  एमाले पार्टी कार्यालयमा आयोजित महासंघको दोस्रो भेलाले थापालाई अध्यक्षमा चयन गरेको हो ।
भेलाले १७ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसहमत चयन गरिएको छ । उपाध्यक्षमा शुदिप शाही चयन भएका छन् । यस्तै सचिवमा नम्रता रेग्मी, उपसचिवमा बिनय थापा, कोषाध्यक्षमा नविन थापा सहित १७ सदस्यकमिटी घोषणा भएको छ ।

खेलकुद क्षेत्रलाई संगठित, सबल र सक्रिय बनाउन स्थानीय तहबाटै नेतृत्व उत्पादन हुनु आवश्यक रहेको  महासंघका केन्द्रिय उपाध्यक्ष नन्दा वस्यालले रहेको बताईन् ।उनले खेलकुद महासंघको साँगठनिक संरचनालाइ बलियो बनाएर अगाडी बढ्नुपर्ने बताइन् ।

कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेशका उपसचिब रबिन्द्रराज शर्मा ,नेकपा एमाले दैलेखका अध्यक्ष शूर्य बहादुर शाही ,नेकपा एमाले नारायाण नगरकमिटी अध्यक्ष दुर्गा न्यौपालने नारायाण नगरपालिका दैलेखका उपप्रमुख तप्ता नेकपा एमाले दैलेख जिल्ला कमिटी सचिवालय सदस्य एवं पार्टी कार्यालय सचिव यामनारायण उपाध्याय लगायतको उपस्थिती रहेको थियो ।