☰ open Loading... 21 June 2025|  

यार्सा टिप्न गएका बोहोराको लेक लागेर मृत्यु
पश्चिम नेपाल   | ८ जेष्ठ २०८२, बिहीबार ०६:३१

जुम्लामा लेक लागेर एक जनाको मृत्यु भएको छ। जुम्लाको गुठिचौर गाउँपालिका-१ मणि गाउँका ३५ वर्षका भीमबहादुर बोहोराको मृत्यु भएको हो।

गाउँपालिका-१ का वडाध्यक्ष अर्जुनकुमार महताराका अनुसार यार्सा सङ्कलन गर्न डोल्पाको जगदुल्ला गाउँपालिका-१ मा पर्ने जगदुल्ला मध्यवर्ती पाटन पुगेका बोहोराको बुधबार मृत्यु भएको हो।

बोहोरालाई तीनजना साथीहरूले घर ल्याउँदै गर्दा जुम्लाको सिमाना पर्ने भित्र खाेलाकाे लेकमा उनको मृत्यु भएको हो।

अस्थायी प्रहरी चौकी चोत्र र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रोहित रसाइलीको कमान्डमा पाँच जनाको टोली उक्त ठाउँमा खटिएको छ।

प्रहरी त्यहाँ पुग्न अझै चार घण्टा लाग्ने निरीक्षक रोहित रसाइलीले बताए। ‘अझै ४ घण्टा लाग्छ। बीच बाटोमा छौँ, पानी परिरहेको छ,’ उनले भने।