☰ open Loading... 22 June 2025|  

सुन तोलामा एक लाख ९१ हजार ५०० कायम
पश्चिम नेपाल   | ८ जेष्ठ २०८२, बिहीबार १०:४९

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको हो।

आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ। चाँदी पनि तोलामा रु ३५ ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ५०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु दुई हजार २५ मा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३५५ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।