पश्चिम नेपाल | ८ जेष्ठ २०८२, बिहीबार २०:४७
हिमताल भासिएर आएको हिमपहिरोका कारण नाम्खा गाउँपालिका–६ तिलगाउँमा ५ करोड क्षति भएको छ ।
५ हजार ३ सय मिटर उचाईमा रहेको हिमताल भाँसिदा तिल गाउँको ५ करोड हाराहारी क्षति भएको हो।
५ वटा काठेपुल, ५०/५५ हेक्टर जमिन ४ वटा सिँचाई कुलो खानेपानी र १५ किलोवाटको लघु जलविद्युत् गरी ५ करोड हारहारी क्षति भएको नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दकृष्ण पाध्यायले जानकारी दिए ।


गाउँपालिकाबाट खटिएको उपाध्यक्ष तक्दिर लामा र गाउँपालिका कर्मचारीहरू टोलिबाट क्षतिको एकिन गरेको पाध्यायले बताए ।
१ करोड भन्दा बढीको लघु जलविद्युत् र सिँचाई कुलो काठेपुल क्षति भएको प्रमुख अधिकृत पाध्यायको भनाइ छ । १५ वटा घर चर्किएका छन् १९ घरधुरी त्रिपालमुनी रहेका छन् ।



