☰ open Loading... 13 June 2025|  

यार्सागुम्बा टिप्न गएका युवकको लेक लागेर मृत्यु
पश्चिम नेपाल   | १५ जेष्ठ २०८२, बिहीबार २१:१५

यार्सागुम्बा संकलन गर्न गएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटको नलगाड नगरपालिका—८, का १९ वर्षीय धनलाल विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक टोपेन्द्र बुढाका अनुसार अनुसार विकको बुधबार मृत्यू भएको हो ।

काइके गाउँपालिकास्थित नावरपानी यार्सा पाटन पुगेका उनलाई लेक लागेको थियो । उनी एक हप्ताअघि आफ्नो बुबासँग यार्सा संकलनका लागि डोल्पा पुगेका थिए । प्रहरीले मृतक विकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा पुर्‍याएको छ ।