☰ open Loading... 19 June 2025|  

कफी पिइरहेका युवकमाथि खुकुरी प्रहार
पश्चिम नेपाल   | १५ जेष्ठ २०८२, बिहीबार २१:२९

कैलालीको टीकापुरमा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।

टीकापुर नगरपालिका–१ का ३१ वर्षीय टेकेन्द्र सिंह विष्टमाथि बिहीबार दिउँसो घर नजिकैको क्याफेमा कफी पिइरहेका बेला खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले खुकुरी प्रहारबाट घाइते भएका विष्टको टाउको र छातीमा चोट रहेको जानकारी दिए ।

उनकाअनुसार टीकापुरमा समान्य उपचारपछि विष्टलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।