☰ open Loading... 22 June 2025|  

निःशुल्क स्वास्थ्य शिविर
पश्चिम नेपाल   | १६ जेष्ठ २०८२, शुक्रबार ०६:०६

दैलेख -नारायण नगरपालिका स्वास्थ्य शाखाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि स्वास्थ्य शिविर सुरु गरेको छ । स्वास्थ्य शिविरमा पाठेघर मुखको क्यान्सरको निःशुल्क परीक्षण गरिएको हो ।
नारायण नगरपालिका – १० भवानीमा ६० जना नारायण नगरपालिका – ५ त्रिबेणीमा ८७ जना गरि १४७ जना महिलाहरूको निःशुल्क परीक्षण गरिएको स्वास्थ्य शाखाका प्रमुख लाल बहादुर खड्काले बताए ।

उनले  ३० बर्ष देखि ६० बर्षसम्मका महिलाको पाठेघरको मुखको क्यान्सर पहिचानको लागि भिआईए परिक्षण गरिएको बताए ।

त्यस्तै पाठेघर झरेका महिलालाई रिङप्रेसरी राख्ने,पाठेघर तथा प्रजनन प्रणाली सम्बन्धित समस्या भएको महिलालाई स्वास्थ्य परिक्षण गरेर औषधि बितरण गरिएको हो ।कार्यक्रममा मेडिकल अधिकृत,तालिम प्राप्त नर्स,स्वास्थ्यकर्मीहरूले शिविरमा महिलाको उपचार व्यवस्थापन गरिएको स्वास्थ्य शाखा प्रमुख खड्काले बताए।

नारायण नगरपालिकाका उपप्रमुख तप्ता कुमारी थापाले समयमै उपचार गराउन नसक्दा क्यान्सर रोगबाट पीडित भइ मृत्युको मुखमा पर्ने गरिरहेको अवस्थाबाट मुक्त हुन यो परीक्षण प्रभावकरी भएको बताईन् ।उनले नगरपालिकाले यस्ता कार्यहरु निरन्तर संञ्चालन गरिने बताइन् ।