पश्चिम नेपाल | १७ जेष्ठ २०८२, शनिबार ०६:४६
दार्चुलामा भालुको आक्रमणमा एक परिवारका दुई जना घाइते भएका छन्।
शैल्यशिखर नगरपालिका–५ आगरका ५८ वर्षीया कलावती रावल र उनकी बुहारी २८ वर्षीया मानमती डागा भालुको आक्रमणमा घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्र रावतले जानकारी दिए।
उनका अनुसार कलावती र मानमती सासू–बुहारी हुन्। नजिकैको बरमुडेलेक वनबाट आएको भालुले घरभित्र पसेर अचानक उनीहरूमाथि आक्रमण गरेको हो। भालुको आक्रमणमा कलावतीको ढाड र मुखमा चोट लागेको छ। आक्रमणबाट जोगिन भाग्दा लडेर मानमती पनि घाइते भएकी हुन्।


घाइते दुवैलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी गोकुलेश्वर अस्पताल लगिएको छ।



