☰ open Loading... 19 June 2025|  

हावाहुरीले दैलेखमा घरको छाना उडायो
पश्चिम नेपाल   | १९ जेष्ठ २०८२, सोमबार १०:३०

१८ गते साँझ आएको हावाहुरीले दैलेखको आठबिस नगरपालिका ६ सिङ्गासेन बस्ने बर्ष ६१ को देब बहादुर कटुवालको १ तले ४ कोठे ढुङ्गा माटोले बनेको जस्ता पाताले छाएको कच्ची घरको पाता उडाएको छ ।

हावाहुरीले गर्दा घरको जस्ता पाता उडाई घर पुर्णरुपमा क्षती गरेको र मानविय क्षति नभएको केही नभएको भनि घरधनि देब बहादुर कटुवालले बताए । घटनास्थलमा प्रहरी टोली पुगेको छ ।

प्रहरीका अनुसार १ लाख ५० हजार क्षती भएको जनाईएको छ ।