सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको विहीबार चौथो दिन कर्णाली र कोशीले जीतसहितको नतिजा निकालेर अंक तालिकामा एक एक स्थान माथि उक्लिएका छन् ।
वीरेन्द्रनगर मैदानमा भएको खेलमा घरेलु टोली कर्णालीले बाग्मतिलाई ३ विकेटले पन्छाउँदा कालुंगचोक मैदानमा कोशीले लुम्बिनीको चुनौतिलाई २१ रनको अन्तरले परास्त गर्दै क्रमशः दोश्रो र तेश्रो स्थानमा उक्लिएका हुन् ।
समान ३ तीन खेल खेलेका यी दुबै टोली समान २ खेलमा जीत र एकमा हारसहित ४ अंक जोडेर अंक तालिकामा आप्mनो स्थान पक्का गरेका हुन् । नेट रन रेटका आधारमा कर्णाली दोश्रो स्थानमा चढेको हो .
टस जितेर पहिला ब्याटिंग रोेजेको बाग्मतिले ४७ दशमलव ५ ओभरमा सबै विकेटको क्षतिमा २ सय ३८ रनको चुनौतिपूर्ण लक्ष्य तय गरेको थियो ।
पाहुना टोलीलाई बलियो स्कोरतर्फ अघि बढाउने क्रममा बाग्मतिकालागि जोय थापाले १ सय १ रनको सामना गर्दै ७२ रनको व्यक्तिगत योगदानमा बलियो शुरु स्कोरको शुरुवात गराए भने शिवशक्ति महतोले ४६, सुर्यांशु कोइरालाले ४० रन बनाए ।
बलिंगमा केहि सुधारिएको कर्णालीले सावधानीका बावजुदपनि १६ रन अतिरिक्त दियो । अघिल्ला दुई खेलको तुलनामा अतिरिक्त रन कम नै हो ।
कर्णालीका लागि कैलाश खड्काले ४३ रन खर्चिएर ४ विकेट हातपार्दाे कप्तान विपिनप्रसाद शर्माले २ ओभरको मेडन राख्दै ४७ डट बल गर्दा २३ रन खर्चिएर २ विकेट लिए ।


यस्तै बलिंगतर्फ ३ विकेट लिएर ब्यांिटंमा नटआउट सर्वाधिक ६९ रन जोडेका रोशन शाही प्लेयर अफ दि म्याच भए भने भूपेन्द्रजंग शाहीले पनि ५० बल खेल्दै ६७ रन बटुलेर टोलीलाई विजयोन्मुख गराए ।
त्यसअघि ओपनर कौस्तुभ खड्काले ५४ बलमा ३९ जोड्दा नमनसिंह थापाले १३ र विजय बोहोराले १४ रन जोडे ।
बाग्मतिका लागि प्रशिद्ध जैसी र रोमन भट्टराईले समान २ दुई विकेट लिंदा राजेश बोहोरा, रोहित ठाकुर र कमल शाहीको नाममा एक एक विकेट रह्यो ।
उता वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा लुम्बिनीलाई २१ रनले हराउँदै कोशीलेपनि लगातार दुई जीतमा ४ अंक जोडेर अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ ।
कालुंगचोक मैदानमा टस जितेर पहिला ब्याटिं रोजेको कोशीले खेल सकिन १ ओभर बाँकी छँदा सबै विकेट गुमाउँदै १ सय ८१ को योगफल खडा गर्यो ।
जसमा ओपनर एशिल मण्डलले ६०, रविन मण्डलले नटआउट ३९, शिवांश बजगाईंले १७ तथा सुगम बुढाथोकीले १६रन जोडे ।
विपक्षीको पारिलाई १ सय ८१ मा सीमित गर्ने क्रममा लक्ष्मण कुमालले ४, प्रिन्स पलले ३ तथा चन्द्र थापाले २ विकेट लिए ।
बलिंगमा कडाई गरेपनि ब्याटिंग फितलो हुँदा लुम्विनीले १ सय ८२ को लक्ष्य पूरा गर्न सकेन । अघिल्लो खेलमा दोहोरो शतक हानेर चम्किएका लुम्विनीका रौनक श्रीवास्तवले आप्mनो हिटिंग शैली पछ्याउँदै ६६ रन जोडे ।
तेश्रो क्रमका आरिफ खानले ४७ बलमा ५० रन बटुलेपनि लक्ष्मण कुमालको १२ रनबाहेक अरु कसैले दोहोरो अंक छुन नसक्दा लुम्विनी १ सय ६० मा अलआउट हुनपुग्यो ।



