☰ open Loading... 20 July 2025|  

सुर्खेतमा ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु, ९ घाइते
पश्चिम नेपाल   | ८ असार २०८२, आईतवार १६:५५

सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । दुर्घटनामा पञ्चपुरी नगरपालिका–८ का २८ वर्षीय राजु कामी र ३० वर्षीय भवाने कामीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

शनिबार राति चौकुने गाउँपालिका–६ साल्मबाट पञ्चपुरी नगरपालिका आउन लागेको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्याक्टरमा चालकसहित ११ जना सवार रहेको ट्याक्टर दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

उनीहरूलाई प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वकिल सुनार बताए । बाँकी ६ जनाको उपचार चौकुने गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा उपचार भइरहेको उनले बताए ।