☰ open Loading... 20 July 2025|  

अख्तियारको घेरामा युवा परिषद्
पश्चिम नेपाल   | ९ असार २०८२, सोमबार ०९:४५

युवाहरुको हक अधिकार र क्षमता अभिवृद्धिमा काम गर्ने सरकारी निकाय राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरमा नियम तथा कार्यविधि विपरीत युवामन्त्री, र मन्त्रालयलाई छलेर मनखुशि कार्यक्रम र अपारदर्शि नक्कली, फर्जि कागजाते सहभागि बनाउदै असारमा कार्यक्रम सक्न लागेको भन्दै युवाहरुले ५० पृष्ठ बढीको प्रमाण सहित उजुरी परेपछि परिषद् अख्तियारको घेरामा परेको छ ।

कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले एकल निर्णय गर्दै परिषद् पदाधिकारीलाई समेत वेवास्था गर्ने र कार्यक्रम पक्रियागतरुपमा सम्पन्न गरी खुलेयाम कमिशनको हिसाव मिलान गर्ने कार्य प्रशासकीय प्रमुख लगायत लागेको भन्दै अख्तियारमा उजुरी परेको जनाइएको छ ।

परिषद्ले हालै कर्नाली प्रदेश, मधेश प्रदेश, वाग्मति प्रदेशमा शीप विकास र युवा उद्यमी सम्मेलन खर्च गर्न ३ करोड बढी बजेट खर्चिएको छ । बाकी प्रदेशमा पनि दुई करोड रकम सक्न युद्ध स्तरमा भित्ते सूचना हावा भरमा जे मनमा लाग्यो त्यही गरी गैर युवाहरु मार्फत यो कार्यक्रम फर्जिरुपमा सम्पन्न गरेको आरोप छ । परिषद्को बोर्डलाई नै झुक्काएर एउटा कार्यविधि बनाउने र कार्यन्वयन अर्कै गरेर युवा शीप विकास कार्यक्रम संचालन गर्न थालेपछि परिषद् भित्रै ब्यापक असन्तुष्टि छाएको छ ।

युवा परिषदबारे असार ८ गते उजुरी नं.सी ०७७८१ दर्ता भएको छ ।