पश्चिम नेपाल | ९ असार २०८२, सोमबार १२:१४
जिल्लाको त्रिवेणी गाउँपालिका १० बर्नेटीकी ५० वर्षीया गणेशा ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश बिष्टका अनुसार आइतबार बेलुका स्थानीयको घरमा रहेको विद्युतको मिटरबक्समा चट्याङ परेको थियो । २५ मिटर पर रहेको आफ्नै घरमा रहेकी ओलीलाई चट्याङ लागेको थियो ।


चट्याङ लागेर गम्भीर घाइते अवस्थामा रहेकी ओलीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको थियो । गएराति १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । ओलीका शव अहिले अस्पतालको शव गृहमा रहेको र पोष्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी रहेको डिएसपी बिष्टले जनाए ।



