☰ open Loading... 19 July 2025|  

लागु औषध नियन्त्रण गर्न घरदैलो अभियान
यामराज बिष्ट   | १० असार २०८२, मंगलवार ०८:०९

दैलेख । जिल्लाको नारायण नगरपालिकाले‘लागु औषध नियन्त्रण गर्न घरदैलो अभियान अभियान’ सुरु गरेको छ । लागुऔषध विरुद्ध नियन्त्रण गर्न जनचेतना जगाउन दैलेख सदरमुकाममा घरदैलो अभियान गरिएको नारायण नगरपालिका दैलेखका महिला तथा बालबालिका शाखा प्रमुख गीता बुढाले बताइन् । उनले नारायण नगरपालिकाका४ वडाका समुदाय विद्यालयमा पुगेर लागु औषध विरुद्ध सचेतनामुलक कार्यक्रम गरिएको जानकारी दिइन् ।
लागुऔषध जरैदेखि निर्मूल पार्नका लागि जिल्ला प्रहरी कार्यालय दैलेखले बिभिन्न अभियान संञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक सत्यनारायण चौधरीले बताए । उनले लागु औषध नियन्त्रणको लागि घर, समाज स्थानिय सरकार सबै लाग्नुपर्ने बताए ।

पछिल्लो समयमा लागुऔषध प्रयोगको समस्या बन्दै गएकाले यसको नियन्त्रणका लागि यस्ता खाले अभियानले महत्वपूर्ण भूमिका हुने उद्योग वाणिज्य संघ दैलेखका पूर्व अध्यक्ष गणेश कुमार श्रेष्ठले बताए ।उनले नागरिकहरुलाई जनचेतनामुलक कार्यक्रम मार्फत सचेत गराउने गराउनुपर्ने बताए । उनले पहिलो दायित्व परिवारबाट नै हुने भएकोले परिवारका सदस्यको गतिविधिलाई निगरानी गरिरहनुपर्नेमा जोड दिए ।

लागू औषधकालाई निरुत्साहित गर्न सबैले सहयोग गर्नुपर्ने औषधी ब्यसायी अमृत प्याकुरेलले बताए । उनले सिमा नाकामा सुरक्षा निकायले चेकजाँचमा कडाई गर्ने र यस्ता अभियानमा सबैको हातेमालो हुनुपर्ने बताए ।