☰ open Loading... 20 July 2025|  

नारायण नगरपालिकाको बजेट ५६ करोड
यामराज बिष्ट   | १० असार २०८२, मंगलवार २०:३५

दैलेख । नारायण नगरपालिकाले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम एवम् १६ औं नगर सभामा ५६ करोडको बजेट प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रम पारित भएसँगै उप -प्रमुख तप्ता कुमारी थापाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ४४ लाख ६९हजार ४सय२९ रुपैयाँको रुपियाँको बजेट प्रस्तुत गरेकी हुन् ।

नगरपालिकाले चालु तर्फ ४५ करोड ७० लाख ९२ हजार ३सय ६ पुँजीगततर्फ १० करोड ७३ लाख ७७ हजार ४ सय२९रुर्पौया गरी कुल ५६ करोड४४ लाख ६९ हजार४सय२९ रुपैयाँको अनुमानित प्रस्तुत गरेको छ ।

 

नगरपालिकाले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा भौतिक पूर्वाधार निर्माण, सडक, अधुरा रहेका योजनालाई पूर्णता दिन, खानेपानी, भवन, पर्यटन, युवा रोजगार, कृषि र पशुपालनलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको कार्यक्रमलाई प्राथमिकतामा राखि बजेट विनियोजन गरिएको नगर प्रमुख लोमन शर्माले बताए ।