☰ open Loading... 20 July 2025|  

गुराँस गाउँपालिकाको बजेट ७३करोड ६१ लाख
पश्चिम नेपाल   | १० असार २०८२, मंगलवार २१:१०

दैलेखको गुराँस गाउँपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि ७३करोड ६१ लाख४४ हजार९सय ५५रुयौयाको बजेट सार्वजनिक गरेको छ । गुराँस गाँउपालिका चालुतर्फ ४३करोड ५५ लाख ४४ हजार९सय५५रुयौया र पुँजीगततर्फ १६ करोड १६ लाख बितिय ब्यवस्था१३ करोड४० गरी ७३करोड ६१ लाख४४ हजार९सय ५५रुयौयाको बजेट सार्वजनिक गरिएको छ । उपाध्यक्ष शिवा कुमारी खड्काले १६ औं गाँउसभामा बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

गाउँपालिकाले एक घर, एक धारा एक घर, एक रोजगारू कार्यक्रम अघि बढाउने योजना बनाएको छ । भौतिक, मानव र दीगो विकासमा केन्द्रित नीति तथा कार्यक्रमहरू मार्फत पूर्ण सरसफाइ तथा सुरक्षित खानेपानीयुक्त गाउँपालिका निर्माण गर्ने लक्ष्य लिइएको अध्यक्ष टोप बहादुर विसीले जानकारी दिए ।

एक वडा, एक उद्योग र एक टोल, एक उत्पादन कार्यक्रम , गुराँस गौरव मार्गको निर्माण तथा कृषि विकास र अनुसन्धान केन्द्रसँगै टिसु कल्चर ल्याब सञ्चालन पनि आगामी वर्षको योजनामा समावेश छन् ।