पश्चिम नेपाल | १३ असार २०८२, शुक्रबार १४:३३
अविरल वर्षासँगै डोल्पाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा लेदोसहितको पहिरो गएको छ । गएराति साढे १२ बजेतिर बस्तीभन्दा माथिबाट लेदोसहितको पहिरो खस्दा ८ घर पुरिएका छन् । यस्तै ५३ घरमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रुकबहादुर खड्काले पहिरोका कारण ८ घर पुरिएर पूर्ण रूपमा क्षति भएको जानकारी दिए । यसैगरी १२ घरमा मध्यम क्षति पुगेको छ ।


यस्तै, पहिरोले एउटा विद्यालय भवनमा पनि पूर्ण क्षति पुर्याएको उनले बताए । बाँकी घरहरूमा सामान्य क्षति पुगेको उनले बताए ।



