☰ open Loading... 20 July 2025|  

बञ्चरोले हानेर भाइको हत्या
पश्चिम नेपाल   | १३ असार २०८२, शुक्रबार २१:१८

अर्घाखाँचीमा बञ्चरो प्रहार गरी सहोदर दाइले भाइको हत्या गरेका छन्।

शितगङ्गा नगरपालिका–६ पाखापानी निवासी ४२ वर्षीय विष्णुबहादुर वादीले आफ्नै ३२ वर्षीय भाइ बमबहादुर वादीको बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

घटना पछि फरार रहेका अभियुक्तलाई भाग्ने क्रममा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मल्लको भनाइ छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।