कर्णालीकाे प्रसिद्ध चन्दननाथ मन्दिरमा राखिएको दानपेटिका भित्रको रकम चोरी भएको छ।
अज्ञात व्यक्तिले बिहीबार दिउँसो २ बजे ४० मिनेटमा चाेरी गरेका हुन्। सुरक्षाकर्मी खाजा खान गएको माैका छाेपी चोरी गरिएको चन्दननाथ मन्दिर नायब सुब्बा रत्नप्रसाद आचार्यले बताए। उनले भने,´दुई दानपेटिका नखाेलेकाे महिना जति भएको थियो। लगभग १२ हजार बढी रकम थियो।’
आचार्यका अनुसार दानपेटिका भित्रको केही रकम चोरी भएको छ। भक्तजनले रकमको राख्दै आएको दानपेटिकामा रड हालेर मुठोमा पैसा लिएको सिसी क्यामराले देखिएको उनले बताए। खोजीकार्य भइरहेको छ।


यता जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रेशमबाबु रेग्मीले मन्दिरबाट आधिकारिक जानकारी नआएको बताए। तर, अनौपचारिक जानकारी भए अनुसार मन्दिरमा सुरक्षा निगरानी बढाउन प्रहरीलाई निर्देशन दिइएको छ।
चन्दननाथमा रहेको दानपेटिकामा भने अहिले ताला लगाइएको छ। मन्दिरमै दिउँसै कोही व्यक्ति फलामको रड लिएर दानपेटिकाबाट रकम निकालेर गएपछि भने मन्दिरमा चोरीको त्रास बढेको छ। दिउँसै सुरक्षा तथा मन्दिरका व्यक्तिहरू हुनु पर्नेमा यो घटना भएपछि स्थानीयहरू अच्चमित भएका छन्।
यसअघि केही वर्ष अगाडि चन्दननाथ मन्दिरमा मूर्ति चोरी भएका थिए। अन्य मूर्ति पत्ता लागे पनि ३ वटा मूर्ति पत्ता नलागेको मन्दिर स्रोतले जनाएको छ।



