☰ open Loading... 19 July 2025|  

सुर्खेतमा जङ्गली च्याउ खाँदा ५ जना बिरामी
पश्चिम नेपाल   | १४ असार २०८२, शनिबार १८:१७

सुर्खेतको गुर्भाकोट नगर पालीका- १० डांफे बस्ने एउटै घर परिवारका ५ जना जङ्गली च्याउ खाँदा बिरामी भएका छन्। नाम नखुलेको च्याउ खादा बिरामी भएका उनीहरूलाई मेलकुना अस्पतालमा उपचार भइरहेको छ।

जङ्गली च्याउ खाँदा बिरामी हुनेमा ५४ बर्षकी भिमसरा खत्री, २८ बर्षकी शुसिला श्रीष, २७ बर्षकी जानकी पौडेल, २८ बर्ष की तारा खत्री, १३ बर्षकी शिरिष खत्री रहेकी जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुट थापाले बताए ।