☰ open Loading... 20 July 2025|  

राजस्व सुधार कार्ययोजना सम्बन्धि छलफल
पश्चिम नेपाल   | १५ असार २०८२, आईतवार १२:३८

दैलेखमा राजस्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धि प्रमाणिकरण कार्याशाला गोष्ठी गरिएको छ । नारायण नगरपालिकाको आयोजना यूरोपियन यूनियनको सहयोग , यूनिसेफ र सशक्त महिला समृद्ध नेपाल कार्यक्रम को प्राविधिक सहयोगमा राजस्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धि प्रमाणिकरण कार्याशाला सम्बन्धि कार्यक्रमआयोजना गरिएको हो । कार्यक्रममा नगर भित्रको आन्तरिक राजस्व कसरी बृद्धि गर्न सकिन्छ ,स्थानीय सरकारको वित्तीय स्रोत, करको दायरा नगरपालिकाको आन्तरिक स्रोत बृद्धिका लागि स्रोतको पहिचान र राजस्व सम्बन्धि छलफल गरिएको सशक्त महिला समृद्ध नेपाल कार्यक्रमका फोकल पर्सन खमबहादुर थापाले बताए ।

कार्यक्रममा नारायण नगरपालिका दैलेखका बरिष्ठ अधिकृत पदम सापकोटाले स्थानिय तहले आफ्नो संचालन खर्च धान्न समस्या भएको बताए । उनले  केन्द्रको नितिले बजेट कम आउने गरेको गुनासो गरे । उनले दिगो विकासका लागि केन्द्रको बजेट र नगरपालिकाले राजस्व के कसरी अगाडि बढाउने यस बिषयमा सबै सहयोग गर्नुपर्ने बताए ।

यस्तै नगरपालिका भित्र नागरिकलाई करको दायरामा ल्याउनुपर्ने राजस्व परिचालन तथा स्थानीय आर्थिक विकास विज्ञ युनियन पिएफएम सहयता कार्यक्रमका विज्ञ डाक्टर हेमराज लामिछानेले बताए । उनले हामीले गरेको आम्दानी अनुसार नगरपालिकालाई कर तिर्नुपर्ने बताए । उनले नगरपालिकाबाट बस्तु सेवा लिए करको दायरा बढाउन सकिन्छ ।

नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले कार्यविधि बनाएर राजस्व संकलन गर्नुपर्ने बताए । उनले नगरपालिका आगमि बर्षमा लछित बर्गलाई समेटर काम गर्ने बताए । उनले नगरपालिकाले अपेक्षा गरे अनुसारको आन्तरिक आम्दानी गर्न नसक्दा योजना तथा विकास निर्माणमा बाधा पुगेको बताए ।