☰ open Loading... 19 July 2025|  

दिपेन सिंहले मनाए वृद्रा आश्रममा जन्मदिन
पश्चिम नेपाल   | १५ असार २०८२, आईतवार १७:३७

पछिल्लो समय जन्मदिन मनाउने आआफ्नै तरिका छन्। कसैले घरमा, कसैले साथीभाइसँग मनाउँछन् त कसैले सामाजिक सद्भाव सेवामार्फत मनाउने गर्दछन्। त्यसै क्रममा आज पुस १५ गते जन्मदिन मनाउन सिद्धापाइला यातायात समितिका अध्यक्ष दिपेन सिंह ठकुरीले प्रशान्त वृद्धाश्रम पुगेका छन्। उनले आश्रममा ३० जना जेष्ठ नागरिकसँग दहीचिउरा, फलफुल भोजन गराएर केक काटेर आफ्नो जन्मदिन मनाएका हुन्।

१५ गते बिहान ४२ औँ जन्मोत्सवको अवसरमा वीरेन्द्रनगर नगरपालिका १० स्थित जनचेतना सामुदायिक वनमा कर्णाली प्रदेशका वनमन्त्री सुरेश अधिकारीसँगै उनले आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गरेका थिए।

समाजसेवी दिपेन सिंह ठकुरी यातायात क्षेत्रमा छोटो समयमा राम्रो प्रगति गरेका व्यवसायी हुन्। आफ्नो जन्मदिनमा सामाजिक कार्यमा सरिक हुन पाउँदा निकै खुसी लागेको उनले बताए।