☰ open Loading... 19 July 2025|  

राष्ट्रिय धान दिवसको अवसरमा अखिल नेपाल किसान महाँसंघ दैलेखले गर्‍यो रोपाई
पश्चिम नेपाल   | १६ असार २०८२, सोमबार ०६:१३

दैलेख –धान दिवसका अवसरमा नेकपा एमाले निकट अखिल नेपाल किसान महाँसंघ जिल्ला कमिटी दैलेखले  नारायण नगरपालिका – ५ विनिखोलामा पुगेर धान रोपाईं गरेको छ ।

नेकपा एमाले प्रदेश कमिटी उपसचिव रबिन्द्रराज शर्मा,अखिल नेपाल किसान महाँसंघका अध्यक्ष नरेन्द्रबहादुर थापा,महाँसंघका केन्द्रीय सदस्य एवम दैलेख जिल्ला ईन्चार्ज हिमप्रसाद शर्मा लगायतका नेताहरुको उपस्थितीमा रोपाईं गरिएको हो ।

 

यस्तै उत्पादन बढाउनमा हामी सबै लाग्नुपर्ने नेकपा एमाले कर्णाली प्रदेश कमिटी उप- सचिब रबिन्द्रराज शर्माले बताए । उनले खेर गईरहेका जमिनमा समेत उत्पादन बढाउनमा लाग्नुपर्ने बताए ।
कृषकको जीवनस्तर उकास्न दीर्घकालीन सोच र योजनासहित नेकपा एमाले पार्टी अगाडि बढिरहेको अखिल नेपाल किसान महाँसंघका अध्यक्ष नरेन्द्रबहादुर थापाले बताए। उनले जलवायुमैत्री प्रविधि, आधुनिक खेती प्रणाली र अनुसन्धानमार्फत धान, खाद्यान्न बालीको उत्पादन बढाउन सरकारले ठोस नीति लिनुपर्नेमा जोड दिए।

कार्यक्रममा  महाँसंघका केन्द्रीय सदस्य एवम दैलेख जिल्ला ईन्चार्ज कमरेड हिमप्रसाद शर्मा, प्रदेश कमिटी सचिवालय सदस्य प्रेमबहादुर थापा,प्रदेश कमिटी सदस्य रत्नकहादुर खडका, पार्टी जिल्ला कमिटी सचिवालय सदस्य यामनारायण उपाध्याय, नन्दाकुमारि आचार्य,रेखा थापा,जिल्ला कमिटी सदस्यहरु चन्द्रप्रसाद उपाध्याय,धनसरि रेग्मी, सीता शाही, धनबहादुर रामजालि,रिना पोखरेल,नारायण नगरकमिटी अध्यक्ष दुर्गा न्यौपाने, महाबु गाउकमिटी अध्यक्ष पुर्णबहादुर शाही लगाएतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।