☰ open Loading... 20 July 2025|  

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी अभिमुखीकरण
पश्चिम नेपाल   | १८ असार २०८२, बुधबार ०६:१०

दैलेखमा अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा सम्बन्धी अभिमुखीकरण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई दैलेखको आयोजनामा शिक्षक र सरोकारवालाहरु बिच अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा ऐन २०७५ मा भएका व्यवस्थाको बिषयमा जानकारी दिने उदेश्यले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी अभिमुखीकरण शिक्षा विकास तथा समन्वय इकाई दैलेखका सूचना अधिकारी रतन बिष्टले बताए । उनले कार्यक्रममा अनिवार्य तथा निशुल्क शिक्षा सम्वन्धी ऐन २०७५’बारे अभिमुखीकरण गरी यसमा बारे जानकारी गराएको बताए ।

यस्तै बालबालिकाले पाउनुपर्ने बाल अधिकारहरु मध्ये शिक्षाको अधिकार महत्वपूर्ण भएको र यस कार्यका लागी सबैले आआफ्नो तर्फबाट भुमिका खेल्नुपर्ने जिल्ला शिक्षा समितिका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले बताए । उनले निःशुल्क तथा गुणस्तरीय शिक्षाका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताए ।

निशुल्क तथा अनिवार्य शिक्षा ऐनले गरेको व्यवस्था अनुसार स्थानीय सरकार र सबै निकायले आधार तयार पार्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाई दैलेखका कार्यालय प्रमुख रमेशबहादुर मल्लले बताए ।
सरकारले अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा ऐन २०७५ मा निशुल्क शिक्षाका साथै विद्यालयहरुमा अनुदानको व्यवस्था समेत गरेको तर अनुदान पाउन मुस्किल भइरहेको शिक्षकको भनाई छ ।