☰ open Loading... 20 July 2025|  

मुद्दा मिलाइ दिने भनि रकम असुली गर्ने २ जना पक्राउ
पश्चिम नेपाल   | १८ असार २०८२, बुधबार १५:४३

अभद्र ब्यबहारको कसुरमा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका प्रतिवादीलाइ हिरासत मुक्त गराइ मुद्दा मिलाई दिन्छु,प्रहरी प्रशासन मिलाउनु पर्छ अन्यथा तपाइको मान्छे जेल जान सक्छन भनि अपराधिक लाभ तथा असुली गर्ने उद्देश्यले यस कार्यालयको हिरासतमा रहेको व्यक्तिको परिवारबाट रु.५०,०००।–(पचास हजार रुपैया) असुली गर्ने निम्न जिल्ला वर्दिया गेरुवा गाउँपालीका वडा नं.३ शान्तीबजार घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालीका वडा नं.१० स्थिमा डेरा गरी बस्ने वर्ष अन्दाजी ४३ का कृष्ण बहादुर थारु र जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालीका वडा .१३ ईन्द्रपुर बर्ष ३४ की मुना चन्द लाइ नियन्त्रणमा लिइ निजहरुले वेईमानिपूर्वक आर्थिक लाभ उठाई आपराधिक लाभ (एक्सटर्सन) को कसूरमा अदालतबाट म्याद लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुट थापाले बताए।