☰ open Loading... 20 July 2025|  

आठविसलाई गरियो पूर्ण खोप घोषणा
पश्चिम नेपाल   | १९ असार २०८२, बिहीबार १९:४५

स्थानिय स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ दैलेखको आठबिस नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगर पालिका घोषणा एक समारोह बीच गरिएको छ ।

दैलेखको आठबिस नगरपालिकाले भव्य कार्यक्रम गर्दै पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरेको हो।

पुर्ण खोप सुनिश्चिता नगर पालिका घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही, नगर प्रमुख तर्क बहादुर बडुवाल, नगर उपप्रमुख कल्पना कुमारी थापा (चन्द) र नौ वटै वडाका वडा अध्यक्षहरु, आठबिस नगर पालिका भित्रका स्वास्थ्य सस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो । उक्त सभामा नौ वटै वडा कार्यालयलाई प्रमाणपत्र र नै वटै वडामा रहेका स्वास्थ्य संस्थाहरूलाई प्रशंसापत्र दिइएको थियो।

सबैको अथक प्रयासपछि आर्बिस नगरपालिका पूर्णखोप सुनिश्चितता घोषणा भएको आठबिस नगरपालिका स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सिनाले बताए ।

जिल्ला समन्वय समितिका समन्वय प्रमुख शाही, नगरप्रमुख बढुवाल र उपप्रमुख कल्पना कुमारी थापा(चन्द)ले अब नगरपालिका खोपका कारणले कुनै पनि सेवा सुविधाबाट कुनै पनि बालबालिका वञ्चित नहुने बताउँदै पूर्ण खोप सुनिश्चितता कार्यमा संलग्न सबैलाई हार्दिक धन्यवाद व्यक्त गरे।