हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्य बदली रहने छ। महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपात पनि हुन सक्ने छ।


त्यसैगरी, आज राति देशभर आंशिक देखि सामान्य बदली हुनेछ। कोशी, वाग्मती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी र हिमाली भागका केही स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



