☰ open Loading... 20 July 2025|  

प्रधानमन्त्री ओली हुम्ला जाँदै
पश्चिम नेपाल   | २२ असार २०८२, आईतवार ०९:४५

कुन्ती मोक्तानको चर्चित गीत छ– ‘हुम्ला जुम्ला गाडीमा कहिले जाने हो ?’ सडक पूर्वाधारले नछोएको हुम्लाको परिवेशमा लेखिएको यो गीतले भूगोलको सौन्दर्य र पुग्न नसकेको कठिनाइलाई वर्णन गरेको छ। हो त्यही सुन्दर हुम्ला आजबाट सडक सजालमा जोडिने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदै छन्।

कर्णाली करिडोरको खार्पुनाथ-५, मा पर्ने चुवाखोलामा बनाइएको बेलीब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री ओली आज हुम्ला जान लागेका हुन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार आज बिहान १० बजे बेलिब्रिजको उद्घाटन हुने छ।

देशका ७७ जिल्लामा राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्ला सदरमुकाम सिमकोट मात्र हो।