दैलेखमा बिद्यालय स्तरिय बालिका तथा समावेसी शिक्षा सम्बन्धी छलफल गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजना नारायण नगरपालिकाको समन्वयमा बिद्यालय स्तरिय बालिका तथा समावेसी शिक्षा सम्बन्धी कार्यक्रम गरिएको हो ।
बालिका तथा समावेशी शिक्षाको महत्वलाई प्राथमिकतामा राख्दै, संजालको गठन र सञ्चालनसम्बन्धी कार्यविधि गरिएको थियो ।
कार्यक्रममा नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले समावेशी शिक्षाका लागि परिणाममुखी काम गर्न सबै सरोकारवालालाई अभियानमा सहयोग गर्न अनुरोध गरे ।उनले अभिभावक, शिक्षक, विद्यार्थी तथा सरोकारवालालाई विद्यालयमा समस्या समधान गर्न सबैले सहयोग गर्नुपर्ने बताए।


बालबालिकामाथि हुन सक्ने विभिन्न भेदभाव, दुव्र्यवहार, न्यूनीकरणका लागि सबैले सहयोग गर्नुपर्ने नारायण नगरपालिकाका उपप्रमुख तप्ता थापाले बताईन् ।कार्यक्रममा विद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई मैत्रीपुर्ण अध्यापनको लागि स्थानिय तहको समावेसी शिक्षा सम्बन्धी छलफल गरिएको थियो ।



