☰ open Loading... 20 July 2025|  

यी प्रदेशमा केही दिन भारी वर्षा हुने
पश्चिम नेपाल   | २३ असार २०८२, सोमबार ०८:५३

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आगामी केही दिन देशका विभिन्न भागमा हल्का देखि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदलीको अवस्था छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षा हुने अनुमान छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ।

रातको समयमा पनि देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। यी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षा हुन सक्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा मधेश प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना औंल्याएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

यस वर्षाको कारण भू–क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेको छ। विशेषगरी शहरी र तराई क्षेत्रमा डुबानको खतरा छ भने ठूला–साना नदी, नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने सम्भावना छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

२३ असार २०८२ (सोमबार)
दिउँसो सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षा हुने अनुमान छ।

राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने र ती प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ।

२४ असार २०८२ (मंगलबार)
दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षा हुने सम्भावना छ। मधेश प्रदेशमा एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा हुने अनुमान छ।

राति पनि यी प्रदेशहरूमा समान मौसमी अवस्था कायम रहनेछ, जसमा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मध्यम देखि भारी वर्षा र तराईमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

२५ असार २०८२ (बुधबार)
दिउँसो र राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम देखि भारी वर्षाको सम्भावना छ। तराई क्षेत्रमा एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा हुने अनुमान छ। मधेश प्रदेशमा पनि एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपातको सम्भावना कायम रहनेछ।

महाशाखाले आगामी २४ घण्टाभित्र सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्क रहन र आवश्यक तयारी गर्न सबैमा अपिल गरेको छ।