☰ open Loading... 9 November 2025|  

अमेरिकामा कार्गो विमान दुर्घटनाः ३ जनाको मृत्यु, ११ घाइते
पश्चिम नेपाल   | १९ कार्तिक २०८२, बुधबार ०८:०७

अमेरिकाको केन्टकी राज्यको लुइभिल सहरमा बुधबार एउटा कार्गो विमान दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने कम्तीमा ११ जना घाइते भएका छन्। फेडरल एभिएसन अथोरिटीका अनुसार युपिएस कम्पनीको फ्लाइट नम्बर २९७६ ले मोहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलबाट होनोलुलु (हवाई) को ड्यानियल इनोउए अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भरेको थियो।

दुर्घटना साँझ करिब ५ः१५ बजे (स्थानीय समयअनुसार) भएको हो। त्यसपछि विमानस्थलको दक्षिणी भागमा बाक्लो धुवाँ र आगोको लप्का देखिएका थिए। सामाजिक सञ्जालमा फैलिएका भिडियोहरूमा तीव्र आगो देख्न सकिन्छ।

प्रहरीले विमानस्थलबाट ८ किलोमिटरको दायरा भित्रका बासिन्दालाई घरभित्रै बस्न आदेश दिएको छ। साथै, विमानस्थललाई अस्थायी रूपमा बन्द गरिएको छ। एजेन्सी