☰ open Loading... 19 April 2024|  

वन

जलाधार व्यवस्थापन अधिकृत घुस रकमसहित पक्राउ

    प्रकाशित मितिः ७ बैशाख २०८१, शुक्रबार ०९:१९
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइ लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल घुस रकमसहित पक्राउ परेका छन्। तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने भन्दै सेवाग्राहीबाट १ लाख २१ हजार ५ रूपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय, नेपालगन्जले उनलाई बिहीबार पक्राउ गरेको हो। नेपाल
कर्णालीका ४० सामुदायिक वनमा डढेलो

कर्णालीका ४० सामुदायिक वनमा डढेलो

    प्रकाशित मितिः ४ बैशाख २०८१, मंगलवार १९:३३
गर्मी सिजन लागेसँगै कर्णालीमा आगलागीका घटना बढ्न थालेका छन् । गाउँघरमा आगलागीदेखि लिएर वनमा डढेलो लागेर क्षति भइरहेको छ । प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका अनुसार फागुन यता प्रदेशभरका ४० वटा राष्ट्रिय तथा सामुदायिक वन÷जङ्गल आगलागीबाट सखाप भएका जनाइएको छ । कतिपय जङ्गलमा लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन ।
प्रधानाध्यापकसहित ८ जनालाई वन मुद्दा

प्रधानाध्यापकसहित ८ जनालाई वन मुद्दा

    प्रकाशित मितिः २ बैशाख २०८१, आईतवार ०६:४३
विद्यालय हाताभित्रको रुख काटेर बेचेको अभियोगमा पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जनालाई जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । पोखरा महानगरपालिका–१६ स्थित सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालय हाताभित्रका सिसौ, सल्लालगायतका रुखहरु काटेर बिक्री गरेको भन्दै डिभिजन वन कार्यालय कास्कीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । बोर्डिङ स्कुलभित्रका रूखहरू कटान गरी बाहिर फर्न
डोल्पा आगलागीबाट तीन बालबालिकाको मृत्यु

डोल्पा आगलागीबाट तीन बालबालिकाको मृत्यु

    प्रकाशित मितिः २ बैशाख २०८१, आईतवार ०६:३४
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा लागेको डढेलोमा परेका तीन बालबालिकाको मृत्यु भएको छ। गत बिहीबार डढेलोमा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए। आगलागीबाट घाइते दुईजनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको उनले बताए। उपचारको क्रममा १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौंमा आज निधन भएको दाहालले बताए।
आगलागी हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

आगलागी हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

    प्रकाशित मितिः २९ चैत्र २०८०, बिहीबार ०८:११
रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा पदमार्ग बनाउने क्रममा आगलागी हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ। रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माका अनुसार बुधवार दिउँसो करिब साढे ३ बजेतिर रन्मा गाउँदेखि पारीको चत्रा भीरमा पदमार्ग बनाउने क्रममा भीरबाट खसेका ढुङ्गा एकापसमा ठोक्किँदा आगलागी भएको स्थानीयले बताएका छन्। उनले घाइते भएकामध्य
भेटियो साढे ६ किलोको ‘किङ कोब्रा’

भेटियो साढे ६ किलोको ‘किङ कोब्रा’

    प्रकाशित मितिः २८ चैत्र २०८०, बुधबार २१:१९
गुल्मीको सत्यावतीमा साढे ६ किलोको दुर्लभ किङ कोब्रा प्रजातिको सर्प भेटिएको छ। सत्यवती गाउँपालिका ६ जोहाङस्थित पुष्पा श्रेष्ठको किराना पसलभित्र दुर्लभ मानिएको किङ कोब्रा प्रजातिको सर्प भेटिएको हो। लगभग ३ मिटर लम्बाई भएको सर्पको वजन ६ किलो ७१५ ग्राम रहेको कालीगण्डकी चन्द्रकोट सब डिभिजन वन कार्यालयमा कार्यरत वन रक्षक नारायण थारुले जानकारी दिए। पसलभित्र रहेको किङ कोब्रालाई स्थानीय जनप्रतिनिधि
डढेलोमा परी ३ जना नेपाली सैनिकको मृत्यु

डढेलोमा परी ३ जना नेपाली सैनिकको मृत्यु

    प्रकाशित मितिः २८ चैत्र २०८०, बुधबार ०७:२५
डढेलोमा परी ३ जना नेपाली सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रण लिन परिचालित ३ जना नेपाली सैनिकको मृत्यु भएको हो । ४ जना घाइतेमध्ये ३ जना नेपाली सैनिकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक जनाको जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा मृत्यु भएको छ भने थप २ जनाको कीर्तिपुरस्थित बर्न अस्
सोमबार (आज) देशका १३० स्थानमा ‘डढेलो’,

सोमबार (आज) देशका १३० स्थानमा ‘डढेलो’,

    प्रकाशित मितिः २६ चैत्र २०८०, सोमबार २०:४८
मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायु प्रदूषण बढेको छ। डढेलोका कारण काठमाडौँ र पोखरालगायतका देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज दिउँसो विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ तेस्रो स्थानमा छ। काठमाडौँको आज वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६५ छ। वातावरण अभियन्ता राजन थापाका अनुसार एक्यूआई एक सयभन्दा माथि भएमा वायु अस्वस्थकर मा
दुना टपरीबाट व्यावसायिक महिला बन्दै खिमादेवी

दुना टपरीबाट व्यावसायिक महिला बन्दै खिमादेवी

    प्रकाशित मितिः २१ चैत्र २०८०, बुधबार ०८:२४
महिलाहरू घरायसी काममा मात्रै सीमित हुनुपर्छ भन्ने सोचलाई चिर्दै महिलाहरु व्यवसायमा पनि सक्षम् छन् भन्ने उदाहरण बनेकी छिन्, भजनी नगरपालिका–९ की खिमादेवी धामी। चार वर्ष पहिले रु पाँच लाख खर्चेर स्थापना गरेको महुन्याल दुनाटपरी उद्योगले उनलाई उद्यमी बनाएको छ। उनले अहिले सोही उद्योगबाट घरमै बसेर मासिक रु ४० हजारभन्दाबढी आम्दानी गर्दै आएकी छिन्। नगरपालिकाको वडा नं. १ भजनी बजारमा सालको पातबाट दुनाटपर
दैलेख-जाजरकोट सीमा सुयाडामा गुराँस खेल्नेको घुइँचो (फोटो फिचर)

दैलेख-जाजरकोट सीमा सुयाडामा गुराँस खेल्नेको घुइँचो (फोटो फिचर)

    प्रकाशित मितिः १० चैत्र २०८०, शनिबार २०:४१
यति बेला उच्च पहाडमा रंगीन लालीगुराँस रुखले धपक्क ढाकेको छ । गुराँसले पहाड नै होली खेलेको जस्तो अनुभूति देखिन्छ । जता हेर्यो त्यहि गुराँस ! दैलेख-जाजरकोट सीमा सुयाडामा हिजोआज गुराँस हेर्न, फोटो खिच्न र गुराँस खेल्न धेरै जाने गर्दछन् । यहाँ मौसममा हिउँ खेल्ने पनि आउने गर्दछन ।