☰ open Loading... 15 October 2024|  

Author: Admin

पेट्रोल र डिजेलको मूल्य बढ्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो

    प्रकाशित मितिः २८ आश्विन २०८१, मंगलवार २१:२०
पेट्रोल र डिजेलको मूल्य बढेको छ। इण्डियन आयल कर्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलको मूल्य बढेर आए अनुसार नेपाल आयल निगम संचालक समितिको आज बसेको बैठकले पेट्रोलमा प्रतिलिटर १ र डिजेलमा प्रतिलिटर ४ रुपैया मुल्य बढाएको छ ।
कर्णाली प्रदेशमा कार्तिक १ गते सार्वजनिक बिदा

कर्णाली प्रदेशमा कार्तिक १ गते सार्वजनिक बिदा

    प्रकाशित मितिः २८ आश्विन २०८१, मंगलवार १७:५६
कर्णाली प्रदेश सरकारले कार्तिक १ गते सार्वजनिक बिदा दिएको छ । असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रदेश भरका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा बिदा दिने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।
पोष्ट मनसुन चल्दै

पोष्ट मनसुन चल्दै

    प्रकाशित मितिः २८ आश्विन २०८१, मंगलवार १५:३३
मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौंको न
गाईसँग ठोक्किएर मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

गाईसँग ठोक्किएर मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

    प्रकाशित मितिः २८ आश्विन २०८१, मंगलवार ०९:४९
सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-८ का ५० वर्षका महेश पौडेल रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोमबार साँझ साढे ६ बजेतिर दैलेखचोकबाट आउँदै गर्दा कालिनचोकमा भे ५ प ४०४२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताए । उनका अनुसार दुर्घटनालगत्तै पौडे
चिसो बढ्दै

चिसो बढ्दै

    प्रकाशित मितिः २८ आश्विन २०८१, मंगलवार ०९:३८
नेपालमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम
आजदेखि सरकारी कार्यालयहरूमा नियमित सेवा

आजदेखि सरकारी कार्यालयहरूमा नियमित सेवा

    प्रकाशित मितिः २८ आश्विन २०८१, मंगलवार ०९:३५
दसैँका लागि बन्द भएका सरकारी कार्यालयहरू आजदेखि खुलेका छन्। सरकारी कार्यालयहरूमा बडादसैँको फूलपातीको दिनदेखि द्वादशीसम्म सार्वजनिक बिदा रहेकोमा आजदेखि पुनः खुल्ने भएका छन्। सरकारी कार्यालयहरूमा आजदेखि नियमित सेवा सञ्चालन हुने भएको छ।
लेबनान र गाजामाथि इजरायली सेनाको आक्रमण, ५० जनाको मृत्यु

लेबनान र गाजामाथि इजरायली सेनाको आक्रमण, ५० जनाको मृत्यु

    प्रकाशित मितिः २८ आश्विन २०८१, मंगलवार ०९:२४
इजरायली सेनाले उत्तरी लेबनानमा गरेको आक्रमणमा परी कम्तिमा २१ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार उत्तरी लेबनानमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा परी ८ जना घाइते भएका छन्। लेबनानले गरेको आक्रमणमा ४ इजरायली सेनाको मृत्यु भएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनानको हरेक क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिएका थिए। उनको चेतावनी लगतै इजरायली सेनाले आक्रमण गरे
सिमकोटमा तीन दिनपछि हवाई उडान पुनः सुरु

सिमकोटमा तीन दिनपछि हवाई उडान पुनः सुरु

    प्रकाशित मितिः २७ आश्विन २०८१, सोमबार १८:३२
सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ। यहाँ दसैँको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो। त्यसयता यात्रु अभावले हवाई उडान हुन सकेको थिएन। तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स सिमकोट स्टेशन प्रमुख छिरिङ लामाले बताए। सोमवार नेपालगञ्जदेखि तारा एयरले एक पटक तथा नेपाल एयरलाइन्सले दुई पटक उडान भरेको उनले बताए। दुवै
भारतीय वन रक्षकले चलाएको गोली लागेर ४ नेपाली घाइते

भारतीय वन रक्षकले चलाएको गोली लागेर ४ नेपाली घाइते

    प्रकाशित मितिः २७ आश्विन २०८१, सोमबार १४:१९
आइतबार साँझ भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोलीले चार नेपाली घाइते भएको खुलासा भएको छ। नेपाल भारतको सीमावर्ती क्षेत्रमा भारतीय क्षेत्रका वन रक्षकले गोली चलाएका थिए । दशगजा स्थित गुलरिया –८ मा पर्ने चौगुर्जी मौजा नजिक भारतीय पक्षका वन रक्षकले गोली चलाउँदा चार नेपालीको शरीरका विभिन्न भागमा गोली लागेको खुलेको छ। गोली लागेका मध्ये गम्भीर अवस्थाका बलराम लोधलाई थप उपचारका लागि कोहलपुरस्
ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ

ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ

    प्रकाशित मितिः २७ आश्विन २०८१, सोमबार १४:१८
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखका घुमुवा हुँ भन्दै स्थानीय व्यापारीसँग पैसा उठाइ हिँड्ने सुनिलकुमार बैठालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक ९एसपी० का घुमुवा हुँ भन्दै स्थानीय व्यापारीबाट पैसा असुली गरिरहेको भन्ने सूचनाका आधारमा रौतहट जिल्ला परोहा नगरपालिका– २ लालबकैयाका ३५ वर्षीय बैठालाई गएराति पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमु