☰ open Loading... 9 November 2025|  

Author: Admin

२५ करोड नगदसहित काठमाडौंमा २ जना पक्राउ

२५ करोड नगदसहित काठमाडौंमा २ जना पक्राउ

    प्रकाशित मितिः ४ चैत्र २०८१, मंगलवार ११:५३
काठमाडौंमा करोडौं नगदसहित दुई जना पक्राउ परेका छन्। २५ करोड रुपैयाँ भन्दा धेरै नगदसहित काठमाडौंको टोखा झोर क्षेत्रबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले पत्रकार सम्मेलनमार्फत थप जानकारी गराउने बताएको छ।
स्ववियु निर्वाचनमा देखिएको उत्साह

स्ववियु निर्वाचनमा देखिएको उत्साह

    प्रकाशित मितिः ४ चैत्र २०८१, मंगलवार ११:४६
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ। मंगलबार बिहानैबाट आङ्गिक तथा सामुदायिक क्याम्पसमा निर्वाचन सुरु भएको हो। विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते हुने तय भएको छ। विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ। जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन्। विश्वविद्यालय क्याम्पसमा
सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान

    प्रकाशित मितिः ४ चैत्र २०८१, मंगलवार ११:४४
स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (आज) सुन अहिलेसम्मकै उच्च एक लाख ७५ हजार दुई सय रुपैयाँ पुगेको छ। सोमबार सुन एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी पनि तोलामा १० रुपैयाँले बढेर दुई हजार ५० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।
च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु

च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु

    प्रकाशित मितिः ४ चैत्र २०८१, मंगलवार १०:५४
जिल्लाको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ। म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। उनका अनुसार बिरामी परेका नौ जना
ठूलीभेरीमा नगर बस सञ्चालन

ठूलीभेरीमा नगर बस सञ्चालन

    प्रकाशित मितिः ४ चैत्र २०८१, मंगलवार १०:५१
राष्ट्रिय सडक सञ्जालसँग गत वर्षमात्रै जोडिएको डोल्पामा नगर बस सञ्चालनमा आएको छ । ठूलीभेरी नगरपालिकाले नगर बस सञ्चालन गरेर यात्रु ओसारपसार सुरु गरेको हो । गत सोमबारदेखि ३२ सिट क्षमताको बसले जुफाल, दुनै र त्रिपुराकोटसम्मको रुटमा यातायात सेवा सुरु गरेको नगरप्रमुख श्रवणकुमार बुढाले बताए । डोल्पा–जाजरकोट सडक खण्ड अन्तर्गत भेरी नदीमा बेलिब्रिज बनेपछि २०८० वैशाख अन्तिमतिर डोल्पा सदरमुकाम दुनैमा बस

अछामको बाटुलासैन केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

    प्रकाशित मितिः ४ चैत्र २०८१, मंगलवार १०:४७
अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान ६ः३३ बजे अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि गत फागुन २४ गते बाग्लुङ जिल्लाको खुङखानी आसपास केन्द्रबिन्दु भएर चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमा
ड्रमको डुंगा ढल्किँदा खसेर कर्णालीमा बेपत्ता युवाको शव भेटियो

ड्रमको डुंगा ढल्किँदा खसेर कर्णालीमा बेपत्ता युवाको शव भेटियो

    प्रकाशित मितिः ४ चैत्र २०८१, मंगलवार १०:३८
ड्रमको डुंगामा चढेर कर्णाली नदी पार गर्ने क्रममा खसेर बेपत्ता भएका युवाको शव भेटिएको छ । सोमबार बिहान ७ बजेतिर मुगुको छारानाथ रारा नगरपालिका–१० का २३ वर्षीय देवनाथ सेजुवाल कालिकोटको पलाँता गाउँपालिका ९, बालुवा बजारदेखि पचालझरना गाउँपालिका–६ नानिकोट जाने क्रममा नदीमा खसेर बेपत्ता भएका थिए । घटना घटेलगत्तै प्रहरी र स्थानीयको सहयोगमा उनको खोजी कार्य भएको थियो । दिउँसो ३ बजेतिर घटना घटेको स्थानभन्
बाँकेमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी, २५ वर्षीय युवक पक्राउ

बाँकेमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी, २५ वर्षीय युवक पक्राउ

    प्रकाशित मितिः ३ चैत्र २०८१, सोमबार १४:४८
बाँकेमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २५ वर्षीय निमबहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। बिकले ती बालिकालाई शनिबार साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
जुम्लामा भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता वितरण

जुम्लामा भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता वितरण

    प्रकाशित मितिः ३ चैत्र २०८१, सोमबार ०७:०६
जिल्लाका २३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको छ । आठवटै स्थानीय तहका भेडापालक किसानलाई ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहन बापत् गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिए । जिल्लाका भेडापालक किसानलाई कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि ४५ लाख प्रोत्साह
देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव, हावाहुरीको सम्भावना

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव, हावाहुरीको सम्भावना

    प्रकाशित मितिः ३ चैत्र २०८१, सोमबार ०६:४२
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूम