☰ open Loading... 30 May 2020|   शनिबार, जेष्ठ १७, २०७७

Author: suresh

सल्यानमा व्यवसायिक रुपमै जमराको जुस उत्पादन

सल्यानमा व्यवसायिक रुपमै जमराको जुस उत्पादन

    प्रकाशित मितिः मङ्लबार, माघ २८, २०७६       |
सल्यान : पहिलो पटक सल्यानमा व्यवसायिक रुपमा जमराको जुस उत्पादन थालिएको छ। जिल्लाका शारदा नगरपालिका १ श्रीनगरमा व्यवसायिक जमराको जुस उत्पादन सुरू गरिएको हो। शरिरलाई स्वस्थ र विभिन्न रोगहरुको निवारण गर्न प्रभावकारी बन्दै गएको भन्दै जमराको जुस उत्पादन सुरू गरिएको निर्मला अधिकारीले बताइन्‌। 'अर्गानिक जडिबुटी जमरा जुस' नाम दिएर गहुँ र जौको जुस उत्पादन गरिरहेको उनले जानकारी दिइन्‌। मानिसले दैनिक बिहान
दैलेखमा भेटिए मलेरियाका बिरामी

दैलेखमा भेटिए मलेरियाका बिरामी

    प्रकाशित मितिः मङ्लबार, माघ २८, २०७६       |
दैलेख : दैलेखमा मलेरियाका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय दैलेखका अनुसार जिल्लामा नौ जना मलेरिया बिरामी भेटिएका हुन्। रोजगारीका लागि पैसा कमाउन भारत गएका मानिसमा लामखुट्टेबाट सर्ने मलेरिया रोग देखापरेको हो। नेपालबाट निवारणको अवस्थामा रहेको यो रोगबाट पाँच वर्षीय बालकसमेत पीडित छन्। बालकको जिल्लामा उपचार हुन नसकेपछि कान्ति बाल अस्पताल काठमाडौँमा उपचारका क्रममा मलेरिया भएको पत्ता लागेको हो।
कुपोषणबाट बचाउनका लागि नगरपालिकाको लगानी

कुपोषणबाट बचाउनका लागि नगरपालिकाको लगानी

    प्रकाशित मितिः बिहिबार, माघ २३, २०७६       |
जाजरकोट : बाल मृत्युदर घटाउन तथा कुपोषणबाट बचाउनका लागि नलगाड नगरपालिकाले सुनौला हजार दिनको कार्यक्रम सञ्चालन गरेको छ। गर्भवती भएदेखि १ हजार दिनसम्मका महिला तथा नावालकलाई यो कार्यक्रममा समेट्न लागि नगरले यो कार्यक्रम सुरु गरेको हो। नगरभित्रका १३ वटा वडामा नै लागू भएको यो कार्यक्रमबाट प्रतिवडाबाट ३५ जना गर्भवती महिलालाई सुविधा दिइएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए। सुत्केरी
जन्मेको ३० घण्टामै शिशुलाई कोरोना संक्रमण

जन्मेको ३० घण्टामै शिशुलाई कोरोना संक्रमण

    प्रकाशित मितिः बिहिबार, माघ २३, २०७६       |
चीनमा एक नवजात शिशु कोरोना भाइरसको शिकार बनेका छन्। जन्मेको ३० घण्टामै उनलाई कोरोना संक्रमण भएको हो। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार ती शिशु नै कोरोनाबाट सबैभन्दा कम उमेरका संक्रमित हुन्। गत आइतबार वुहानको स्थानीय अस्पतालमा शिशुको जन्म भएको थियो। वुहान त्यही शहर हो, जहाँबाट कोरोना फैलन शुरू भएको थियो। शिशुलाई जन्म दिनु ठीकअघि उनकी आमालाई संक्रमण भएको थियो। शिशुलाई गर्भमै संक्रमण भएको अनुमान गरिए
कर्णालीको तीव्र विकासमा कानुन बाधक : मुख्यमन्त्री शाही

कर्णालीको तीव्र विकासमा कानुन बाधक : मुख्यमन्त्री शाही

    प्रकाशित मितिः बुधबार, माघ २२, २०७६       |
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीव्र विकासका लागि कानुन बाधक भएको बताएका छन्। कर्णाली प्रदेशसभाको स्थापना दिवसका अवसरमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीमा तीव्र विकासको आवश्यकता भए पनि कानुनका कारण समस्या भइरहेको बताएका हुन्। ‘आफू फेल भए पनि अर्को पास किन भयो भन्ने चिन्ता लिने मनोरोग यहाँ छ ’मुख्यमन्त्री शाहीले विकास भएन भन्दै कुर्लिनेलाई संज्ञा दिँदै भने, ‘टेण्डर
प्रमोद गायनदेखी अभिनयसम्म

प्रमोद गायनदेखी अभिनयसम्म

    प्रकाशित मितिः बुधबार, माघ २२, २०७६       |
दैलेख,  २९ वर्षया प्रमोद डिजी नेपालगंजका चर्चित गायक हुन् । नेपालगंज उपमहानगरपालिका १२ मेलासपुर घर भएका डिजीले थुप्रै गितमा गाएका छन् । उनी संचारकर्मी भएकाले पश्चिममा रेडियोमा उनको नाम नसुन्ने कमै छन् । पछिल्लो समय उनले गितसंगै अभियन समेत थालेका छन् । २६ वटा गाएका प्रमोदले थुप्रै गितमा अभिनय गरेर आफुहरुलाई स्थापित गर्न थालेका छन् । त्यस्तै ४ वटा फिल्मको गित स्वर दिईसकेका छन् । उनले विशेष गरि आधुनि

नौमुले घटनामा मुद्दामाथि मुद्दा

    प्रकाशित मितिः सोमवार, माघ २०, २०७६       |
दैलेख, माघ १९ – माघ, १३ गते साँझ नौमुले बजारमा दुई समुहविच कुटपित भयो । कारण थियो, त्यही दिउँसो जनजाति महासंघको बैठक सकेर घर फर्कने क्रममा नौमूले गाउँपालिका–५ का कृष्ण सलामीमाथि स्थानीय यूवाहरुले अभद्र व्यवहार गरिएको भन्दै कुटपिट भयो । साँझ कृष्णले आफुमाथि अभद्र ब्यबहार गरेको भन्दै गाउँलेहरु लिएर कुटपिटमा उत्रिए । गम्भिर घाईते भए नौमुले गाउँपालिकाका डाईभर कुलविर खत्री । त्यतिले मात्रै झगडा साम्मे
जाजरकोटका सबै पालिका पूर्ण खोपयुक्त हुँदै

जाजरकोटका सबै पालिका पूर्ण खोपयुक्त हुँदै

    प्रकाशित मितिः आइतवार, माघ १९, २०७६       |
जाजरकोट : आगामी जेठभित्र जाजरकोटका सबै पालिकालाई सुनिश्चिततासहित पूर्ण खोपयुक्त पालिका घोषणा गरिने भएको छ। जिल्ला पूर्ण खोप समन्वय समितिको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। जिल्लाका सबै वडा पूर्ण खोपयुक्त घोषणा भइसकेका छन्। जेठ मसान्तभित्र नगर तथा गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरेर असारभित्र जाजरकोटलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने निर्णय भएको खोप समन्वय समितिका अध्यक्ष जिल्ला सम

एक महिनापछि इन्टरनेट सेवा सुचारू

    प्रकाशित मितिः आइतवार, माघ १९, २०७६       |
मुगु : मुगुलगायत कर्णालीका जिल्लामा विगत एक महिना दिनदेखि अवरुद्ध भएको एडिएसएल इन्टरनेट सेवा शुक्रबारबाट सुचारु भएको छ। गत पुस १७ गतेबाट अबरुद्ध भएको नेपाल टेलिकमद्वारा वितरित एडिएसएल इन्टरनेट शुक्रबार साझाबाट मात्रै सुचारु भएको हो। कर्णालीका जिल्लामा भएको बाक्लो हिमपातसँगै जुम्लाको डाँफे र दैलेखकको माहावुमा रहेको रेडियो लिंक टावरमा समस्या आएपछि साविकका कर्णाली मुगु, हुम्ला, जुम्ला,डोल्पा,कालीकोट
कर्णालीमा महिना दिनदेखि इन्टरनेट सेवा ठप्प

कर्णालीमा महिना दिनदेखि इन्टरनेट सेवा ठप्प

    प्रकाशित मितिः सोमवार, माघ १३, २०७६       |
मुगु : मुगुलगायत कर्णालीका केही जिल्लामा एक महिनादेखि इन्टरनेट सेवा ठप्प भएको छ।  कर्णालीका मुगु, हुम्ला, डोल्पा, जुम्ला कालीकोटका साविकका कर्णालीका जिल्लामा एक महिना दिनदेखि एडिएसएल इन्टरनेट सेवा ठप्प भएको हो। गत पुस १७ गतेबाट कर्णालीका जिल्लामा नेपाल टेलिकमद्बारा वितरित एडिएसएल इन्टरनेट सेवाले काम गर्न छोडेपछि  यी जिल्लााहरू संचारविहीन भएका हुन्। टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख अनन
error: Content is protected !!