उदाउँदो सूर्यलाई अर्घ चढाएर छठ सम्पन्न
प्रकाशित मितिः ११ कार्तिक २०८२, मंगलवार ०७:२८
उदाउँदो सूर्यलाई मंगलबार बिहान अर्घ दिएर यस वर्षको छठ विधिवत् रूपमा सम्पन्न भएको छ। व्रतालुले मंगलबार बिहान सबेरै घर नजिकका जलाशयमा पानीमा डुबेर सूर्योदयको प्रतीक्षा गरेका थिए।
सूर्योदयसँगै बाँसको सुपुलीमा विधिवत् रूपमा नरिवल, ठेकुवा र अन्य पूजा सामग्रीको अघ्र्य दिएर व्रतालुहरूले व्रत विधिवत् रूपमा सम्पन्न गरेका छन्।
श्निबार बिहान नहाय खाय, आइतबार साँझ सख्खर, दूध र चामलबाट तयार पारिएको खीर ख



