☰ open Loading... 18 September 2024|  

कृषि/पशु

केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

    प्रकाशित मितिः ३० भाद्र २०८१, सोमबार १३:३१
दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो । राप्ती गाउँपालिका–७ सिसहनिया निवासी विद्याबहादुर चौधरी विगत चार वर्षदेखि केराखेती गर्दै आएका छन् । तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केराखेतीमा लाग्नुभएका उन
हावाहुरीले मकैबालीमा क्षति

हावाहुरीले मकैबालीमा क्षति

    प्रकाशित मितिः ३० भाद्र २०८१, सोमबार ०९:०४
लगातार दुई दिनसम्म परेको हावाहुरीसहितको वर्षाले बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाको माझखर्क, बस्नेउरा, दुरुमखोला, भदाँले र चौरका किसानले बारीमा लगाएको मकैबालीमा क्षति पुगेको छ । घोगा लाग्दै गरेको मकैका बोटलाई हावाहुरीले ढलाएपछि मकैबालीमा क्षति पुगेको हो । कतै घोगा लागिसकेको र कतै लाग्न थालेको मकैबाली शुक्रबार र शनिबार परेको हावाहुरीसहितको वर्षाले सोत्तर बनाएपछि वडाका ४ सय बढी परिवार प्रभाव
दही बिक्री गरेर मनग्य आम्दानी

दही बिक्री गरेर मनग्य आम्दानी

    प्रकाशित मितिः २९ भाद्र २०८१, आईतवार ०९:१९
टाउकोमा झोलाभित्र राखिएको दहीको भाँडो, एकैनासका भाँडा र गाउँभरका भैँसीपालक किसान दही बिक्री गर्न घोराही आउनलाई बसको प्रतिक्षामा रहेका थिए। करिब १५–१६ जनाको समूह देख्दा लमहीको अर्जनखोलावारि यात्रु प्रतिक्षालयमा बसेका यात्रु चढाउन बस चालकले रोकेनन। ठाउँ छैन अरु बसमा आउनु भन्दै चालक पन्छिए। गाउँका धेरैजसो किसान आफूले उत्पादन गरेको दही बिक्री गर्न घोराही बजार आउँदाको भोगाइ हो यो। राजपुर गाउँपालिका–
घारमा नै मौरी  धमाधम मर्न थालेपछि विज्ञटोली जुम्लामा

घारमा नै मौरी धमाधम मर्न थालेपछि विज्ञटोली जुम्लामा

    प्रकाशित मितिः २५ भाद्र २०८१, बुधबार १७:१६
जुम्लाका किसानले पालेका मौरी घारमा नै धमाधम मर्न थालेपछि यसको अध्ययन गर्न मौरी विकास केन्द्र ललितपुर गोदावरीको विज्ञटोली जुम्ला आइपुगेको छ । मौरीविज्ञ तीर्थकुमार श्रेष्ठ नेतृत्वको टोली अनुसन्धानका लागि जिल्ला आइपुगेको हो । टोलीमा किट विकास महाशाखाबाट सुनिलकुमार जैसवाल र धर्म जैसीसमेत सहभागी छन् । यहाँ आएको टोलीले मौरीपालक किसान र जिल्ला कृषि विकास कार्यालयसँग मौरीको अवस्थाबारे जानकारी लिन समे
‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमले ल्याएको खुसी

‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमले ल्याएको खुसी

    प्रकाशित मितिः २४ भाद्र २०८१, मंगलवार १५:३७
विसं २०७७ मा भैँसीको पाडी ल्याएर स्याहारेदेखि पनौती नगरपालिका–११ ख्याकूका माधव थापाको घरमा लैनो भैँसी टुटेको छैन। चार वर्षदेखि लैनो भैँसीको दूध बेचेर घर व्यवहार खर्च टार्दै आएका थापा त्यसबखत पनौती नगरले अनुदानमा दिएका पाडी ठूलो भई ब्याएपछि नगरको ठूलो सम्झिरहेको गुन लगाएको बताउँछन्। उक्त पाडी ब्याएपछि नगरले रु पाँच हजार ‘सुत्केरी भैँसी भत्ता’ पनि दिएको थियो। 'भैँसीबाट पहिलो बेतमा रु एक लाख ८० हज
रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान

रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान

    प्रकाशित मितिः १८ भाद्र २०८१, बुधबार १४:५७
रुकुमपश्चिमका दूध उत्पादक किसानले दूधमा १५ लाख रुपैयाँ अनुदान पाएका छन्। गत आर्थिक वर्षमा चार सय ७७ किसानले दूधमा अनुदान पाएका हुन्। पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट प्रतिलिटर ५ रुपैयाँका दरले अनुदान वितरण गरिएको थियो। यो विवरण गत वर्षको साउनदेखि फागुनसम्म रहेको कार्यालयका निमित्त प्रमुख शेरबहादुर खड्काले जानकारी दिए। फागुनदेखि असारसम्मको अनुदान भने बजेट अभावका कारण वितरण गर्न नसकिएको उनले
भेडापालक किसान ऊन बिक्री नहुँदा चिन्तामा

भेडापालक किसान ऊन बिक्री नहुँदा चिन्तामा

    प्रकाशित मितिः १८ भाद्र २०८१, बुधबार १४:२३
व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन्। किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन्। गाउँघरमा परम्परगत रूपमा गरिँदै आएको राडीपाखी बुन्ने पेशा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको टेम्केमैयुङ–२ का भेडापालक किसान गोविन्द कठेतले जानकारी दिए। मैयुङ क्षेत्रका भेडापालक किसानसँग रहेको गत वर्षकै करिब एक सय ध
बल्ल हिँडे स्याउ बोकेका ट्रक

बल्ल हिँडे स्याउ बोकेका ट्रक

    प्रकाशित मितिः १६ भाद्र २०८१, सोमबार ११:४०
पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग ५ दिनपछि खुलेसँगै बाटोमा रोकिएका स्याउ बोकेका ट्रक गन्तव्यतिर लागेका छन् । कर्णाली राजमार्गको दहीखोला, गगनेखोला र मेयरखोलामा गएको पहिरोका कारण अवरुद्ध राजमार्ग खुलेसँगै जुम्लादेखि स्याउ बोकेका ट्रक अघि बढेका छन् । राजमार्गको कालीकोट खण्ड आइतबार बिहानै खुले पनि दैलेख खण्डको पहिरो पन्छाउने काम अबेरसम्म भएको थियो । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख इन्जिन
जुम्लामा चट्याङ लागेर ७१ वटा भेडा मरे

जुम्लामा चट्याङ लागेर ७१ वटा भेडा मरे

    प्रकाशित मितिः १५ भाद्र २०८१, आईतवार २०:५१
जुम्लामा चट्याङ लागेर ७१ वटा भेडा मरेका छन्। शनिबार दिउँसो परेको चट्याङबाट ७१ वटा भेडा मरेका हुन्। जुम्लाको पातारासी गाउँपालिका चेप्टे पाटनमा चट्याङ लागेर ५६ भेडा मरेका छन् भने तातोपानी गाउँपालिका- ४ का ६ जना किसानका १५ वटा भेडाहरू चट्यागंले गर्दा मरेका छन्। शनिबार दिउँसो करिब पौने चार बजेतिर फुलचाउल्या पाटनमा परेको चट्यागंबाट ६ जना किसानका भेडा मरेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको वडाध्यक
कर्णाली राजमार्ग अवरुद्ध : करोडौंको स्याउ जुम्लामै अलपत्र

कर्णाली राजमार्ग अवरुद्ध : करोडौंको स्याउ जुम्लामै अलपत्र

    प्रकाशित मितिः १४ भाद्र २०८१, शनिबार ११:४९
जुम्लाको पातारासी–६ उर्थु गाउँका सुकबहादुर विष्टले बिहीबार बेचेको ३५ क्विन्टल स्याउ बाटोमै अलपत्र परेको छ। बगैंचामै ७० रुपैयाँ किलोमा बेचेर भरेको स्याउ बोकेको ट्रक कर्णाली राजमार्ग पहिरोले अवरुद्ध भएपछि बाटोमै अलपत्र परेको हो । ‘गगनेखोलामा पहिरोले सडकको निसाना नै नरहने गरेर बगाएको खबर सुन्दैछु,’ उनले भने,‘कहिले सडक खुल्ने हो । कहिले स्याउ बजारसम्म पुग्ने हो भन्ने चिन्ता छ ।’उनको स्याउ व्यापारील