☰ open Loading... 3 December 2024|  

वेथिति

कर्णाली प्रदेशमा ३३ ठूला आयोजना अलपत्र ः सरकार देख्छ एक्सन लिदैन्

कर्णाली प्रदेशमा ३३ ठूला आयोजना अलपत्र ः सरकार देख्छ एक्सन लिदैन्

    प्रकाशित मितिः २५ आश्विन २०८१, शुक्रबार १०:२२
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ठेक्का लगाएका ३३ आयोजना निर्माण व्यवसायीले समयमै काम नगर्दा अलपत्र छन् । सूचना अधिकारी प्रविण कार्कीका अनुसार जाजरकोटमा पाँच, डोल्पामा एक, कालिकोटमा चार, दैलेखमा पाँच, सुर्खेतमा सात, हुम्लामा दुई, जुम्लामा एक, मुगुमा चार, रुकुमपश्चिममा दुई र सल्ल्यानमा दुई गरी ३३ वटा आयोजना अलपत्र छन् । बहुवर्षीय तथा स्रोत सुनिश्चितता भएका आयोजना
कर्णाली राजमार्ग जीर्ण, यात्रा गर्दा कुलदेवता पुकार्छन् यात्रु

कर्णाली राजमार्ग जीर्ण, यात्रा गर्दा कुलदेवता पुकार्छन् यात्रु

    प्रकाशित मितिः २१ आश्विन २०८१, सोमबार १८:५७
कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बाङ्गेसिमलदेखि दैलेख र कालिकोटको सिमाना दहीखोलासम्मको दुरी १३२ किलोमिटर छ । सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको उक्त सडकखण्डका खाल्टा टालटुल गर्नमात्रै ६ वर्षको अवधिमा झण्डै ६ करोड रकम खर्च भएको छ । तर राजमार्गको अवस्था भने अझै बेहाल छ । साँघुरो र ठाउँ–ठाउँमा उप्किएको कालोपत्रेले राजमार्गमा दुर्घटनाको जोखिम बढाइरहेको छ । अर्कोतर्फ सवारी साधनको पार्टपुर्
शिवशिखर सहकारी प्रकरण: सुर्खेतमा १९ करोड संकलन गरेर ६६ लाख मात्रै ऋण लगानी

शिवशिखर सहकारी प्रकरण: सुर्खेतमा १९ करोड संकलन गरेर ६६ लाख मात्रै ऋण लगानी

    प्रकाशित मितिः १९ आश्विन २०८१, शनिबार १९:१३
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको सुर्खेत कार्यालयले बचतकर्ताबाट १९ करोडबढी रकम उठाएर ६६ लाख मात्रै ऋण लगानी गरेको पाइएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार सुर्खेतको वीरेन्द्रनगरका सात हजार ३९९ बचतकर्ताबाट सहकारीले १९ करोड २० लाख भन्दा धेरै रकम संकलन गरेको छ। सहकारीले जम्मा ६६ लाख ३३ हजार रुपैयाँ मात्रै ऋण लगानी गरेको पाइएको समितिले जनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन
सुर्खेतमा जन्मदिनमा ल्याएको केक खाँदा बिरामी

सुर्खेतमा जन्मदिनमा ल्याएको केक खाँदा बिरामी

    प्रकाशित मितिः १८ आश्विन २०८१, शुक्रबार १६:३१
.जन्म दिनमा केक खाँदा एक बालिका बिरामी परेकी छिन्। केकमा बढी कलर मिसाएका कारण सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१२ नेवारेस्थित सिवानी केसी जन्मदिन मनाए लगत्तै बिरामी भइन्। ज्वरो आउने र बान्ता हुने लक्षण देखियो। उपचारपछि सिवानीलाई दुई दिनपछि ठिक भयो। वीरेन्द्रनगरमा रहेको मनकमल बेकरीबाट लगिएको केक खाँदा ज्वरो र बान्ता भएपछि चेकजाँचको लागि बेकरीविरुद्ध गुनासो गरेपछि छानबिन गरिएको थियो। सिवानीका बु
पारिश्रमिक नदिदाँ राकममै रोकिए कलाकार, साउण्ड सिस्टम र घेरबारको पैसा नदिदाँ उजुरी

पारिश्रमिक नदिदाँ राकममै रोकिए कलाकार, साउण्ड सिस्टम र घेरबारको पैसा नदिदाँ उजुरी

    प्रकाशित मितिः १६ आश्विन २०८१, बुधबार १४:२६
दैलेखको राकम कर्णालीमा भएको प्रथम राकम कर्णाली कृषि, पर्यटन, ब्यापार तथा बृहत सांगितिक महोत्सव २०८१ मा आएको कलाकारहरु पारिश्रमिक नपाउँदा रोकिएका छन् । उद्घोषक, गायक÷गायिका र डान्सरसहित ७ जना राकममै पारिश्रमिक नपाउँदा रोकिएका हुन् । आयोजकले उनीहरुको पारिश्रमिक नदिदाँ दुई दिनदेखि राकममै बसेका छन् । त्यस्तै राउण्ड सिस्टमको ४ लाख ५० हजार र महोत्वस स्थल घेरवारको लागि दिईएको चेक पनि नसाटिएको भन्दै
बागलुङ अदालतमा देवकुमार नेपालीको बयान सुरु

बागलुङ अदालतमा देवकुमार नेपालीको बयान सुरु

    प्रकाशित मितिः १५ आश्विन २०८१, मंगलवार ०५:३८
इमेज सहकारी ठगी प्रकरणमा प्रक्राउ गरी आइतबार नै बागलुङ पुर्‍याइएका देवकुमार नेपालीको सोमबारदेखि बागलुङ जिल्ला अदालतमा बयान सुरु भएको छ । सहकारीको रकम हिनामिना पारी फरार भएको १६ महिनापछि भारतको दिल्लीमा पक्राउ गरी ल्याइएका नेपालीको मंगलबार पनि थुनछेक बहस हुनेछ । बागलुङ बजारमा मुख्य कार्यालय, बुर्तिबाङ र गलकोटमा सेवा केन्द्रका नाममा गैरकानुनी कारोबार गरेको इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीको
कार्यालय सहयोगीको भरमा वडा कार्यालय

कार्यालय सहयोगीको भरमा वडा कार्यालय

    प्रकाशित मितिः ११ आश्विन २०८१, शुक्रबार २०:२७
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका ३ वटा वडाहरू कर्मचारीविहीन हुँदा कार्यालय सहयोगीहरूको भरमा चल्दै आएको छ। कर्मचारी नहुँदा सेवाग्राहीले वडाबाट सिफारिस समेत पाउन सकेका छैनन्। नगरका १, ६ र ७ वडा कार्यालयमा रहेका करारका कर्मचारी २०८१ असोज ३ गते कार्यपालिका बैठकबाट आन्तरिक आम्दानी नभएको भन्दै हटाएपछि अहिले कार्यालय सहयोगीको भरमा चल्दै आएका हो। कार्यालय सहयोगीले कार्यालय खोल्ने र बन्द गर्ने ब
सहकारी ठगेर फरार मेयर नेपाली दिल्ली विमानस्थलबाट पक्राउ

सहकारी ठगेर फरार मेयर नेपाली दिल्ली विमानस्थलबाट पक्राउ

    प्रकाशित मितिः ११ आश्विन २०८१, शुक्रबार १९:४७
सहकारी ठगी मुद्दाका फरार आरोपी बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन्। गत वर्ष (२०८०) जेठबाट फरार रहेका मेयर नेपाली दिल्लीस्थित विमानस्थलमा पक्राउ परेका हुन्। फरार भएपछि मेयर नेपालीविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गरेको थियो। सोही नोटिसमा रहेका मेयर नेपाली दिल्लीको विमानस्थलमा यात्रा गर्ने क्रममा फेला परेका थिए। जहाँ दिल्ली
सुर्खेतका सबै पानी उद्योगमा कैफियत (अशुद्ध)

सुर्खेतका सबै पानी उद्योगमा कैफियत (अशुद्ध)

    प्रकाशित मितिः ११ आश्विन २०८१, शुक्रबार ०८:१७
सुर्खेतको वीरेन्द्रनगरमा ७ वटा प्रशोधित पिउने पानी उद्योग छन् । ती सबै उद्योगमा कैफियत देखिएको छ । बर्खाको समयमा पिउने पानीको माध्यबाट सङ्क्रामक रोग फैलन सक्ने जोखिम हुन्छ । तर प्रशोधित पानी उद्योगमै जनस्वास्थ्यको ख्याल नगरी उत्पादन तथा बिक्री हुने गरेको बराल बताउँछन् । वीरेन्द्रनगर नगरपालिका–१२ को औद्योगिक क्षेत्रमा रहेको मध्यपश्चिम वाटर एण्ड वेभेरेज प्रालि विरुद्ध दुषित खानेपानी बिक्री वितरण
यातायात समितिकाे विवादले सुर्खेत बसपार्कमा तनाव, तीन जना प्रहरी नियन्त्रणमा

यातायात समितिकाे विवादले सुर्खेत बसपार्कमा तनाव, तीन जना प्रहरी नियन्त्रणमा

    प्रकाशित मितिः ९ आश्विन २०८१, बुधबार १३:१३
संयुक्त यातायात समितिमा आबद्ध नौ वटा समितिहरू अलगअलग आएपछि सुर्खेत बसपार्कमा यात्रु चढाउने विषयमा विवाद भएको छ। आफ्ना समितिका गाडीहरूले यात्रु हाल्न पाउनुपर्छ भन्दै यात्रु खोस्न जाँदा बसपार्क तनावग्रस्त बनेको हो। बुधबार बिहानैदेखि बाक्लो संख्यामा बसपार्क शान्त बनाउन प्रहरी खटिए पनि समितिबिचको द्वन्द्वले यात्रुहरू तानातान गर्न छाडेनन्। जसका कारण प्रहरीले विभिन्न समितिका ३ जनालाई नियन्त्रणमा लिएक