☰ open Loading... 20 April 2024|  

वेथिति

वीरगञ्जको बाल सुधारगृह रातभर तनावग्रस्त

    प्रकाशित मितिः २७ भाद्र २०८०, बुधबार ०८:४८
पर्साको वीरगञ्जस्थित बाल सुधार गृहमा तनाव उत्पन्न भएको छ। मंगलबार साँझ वीरगञ्ज महानगरपालिका-४ विर्तामा रहेको बाल सुधार गृहमा दुई समूहबीच झगडा भएपछि स्थिति तनावपूर्ण बनेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए। उनका अनुसार भक्तपुर सुधार गृहबाट वीरगञ्ज पठाइएको समूह र त्यहीँ रहेको समूहबीच मंगलबार साँझ झगडा भएको थियो। दुई समूहको झगडाले सुधारगृह भित्र स्थिति तना
एक वर्षमा दुई हजार प्रहरी कारबाहीमा

एक वर्षमा दुई हजार प्रहरी कारबाहीमा

    प्रकाशित मितिः २६ भाद्र २०८०, मंगलवार २२:००
सहकर्मीलाई यौन दुर्व्यवहार गर्नेदेखि तस्करलाई सघाएकोसम्मका अभियोगमा गत आर्थिक वर्ष ०७९/८० मा दुई हजार २५ प्रहरी कारबाहीमा परेका छन् । कारबाहीको यो दर अघिल्लो वर्षको तुलनामा नौ प्रतिशतले धेरै हो । ०७८/७९ मा एक हजार आठ सय ६० प्रहरी कारबाहीमा परेका थिए । कारबाही भोग्ने २४ जना अधिकृत तहका छन् भने बाँकी जुनियर अधिकृत र तल्लो दर्जाका छन् । एक वर्षको अवधिमा एक एसएसपी, तीन एसपी, पाँच डिएसपी र १५ इन्स्

घुस रकमसहित प्रधानाध्यापक पक्राउ

    प्रकाशित मितिः २६ भाद्र २०८०, मंगलवार २१:४१
बर्दियामा एक जना प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेकी छन‍्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्रथामिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस रकमसहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। उनले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। उक्त सूचनाको आधारमा खटिएको टोलीले उनलाई
१० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिकाको काम प्रभावित

१० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिकाको काम प्रभावित

    प्रकाशित मितिः २६ भाद्र २०८०, मंगलवार ०९:५०
कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ । पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीलाई नै मुद्दा लागेपछि नगरपालिकाको कामकाज प्रभावित बन्न पुगेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नदीजन्य पदार्थको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन नगरप्रमुख सुरेन्द्र विष्ट, प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट,
कर अधिकृतले नै व्यापारीलाई ‘टर्चर’ दिएर पैसा असुलेको आरोप !

कर अधिकृतले नै व्यापारीलाई ‘टर्चर’ दिएर पैसा असुलेको आरोप !

    प्रकाशित मितिः २५ भाद्र २०८०, सोमबार २१:०१
आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृतद्वय दीपक पौडेल र खगेन्द्र सापकोटाले ‘टर्चर’ दिएर पैसा असुलेको एक व्यापारीले आरोप लगाएका छन्। कर अधिकृतको निरन्तर टर्चरले आफूले व्यवसाय नै बन्द गरेको उनले बताएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गुम्राहा चोक निवासी ३० वर्षीय युवा व्यापारीले आफ्नो व्यवसाय बन्द गर्नु परेको हो। व्यवसाय सञ्चालन गर्ने क्रममा आफूबाट अन्जानमा भएको सामान्य त्
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

    प्रकाशित मितिः २५ भाद्र २०८०, सोमबार ११:१७
बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको २६ लाखसहित एकजना सरकारी कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन्। विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट श्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए। कर अधिकृ

डिपो प्रमुखलाई पाँच वर्ष कैद सजाय माग

    प्रकाशित मितिः २४ भाद्र २०८०, आईतवार १७:५४
नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय, पोखरा (गगनगौँडा)का निलम्बित प्रमुख चित्तरञ्जन दासलाई तेल अपचलन अभियोगमा कम्तीमा पाँच वर्ष कैद र ५० हजार जरिवाना माग दाबीसहित जिल्ला अदालत, कास्कीमा मुद्दा दायर गरिएको छ । गत २५ साउनमा निगमको डिपोबाट १२ हजार लिटर डिजेलको बिल बनाई निस्केको ट्यांकरलाई जिल्ला प्रशासन कार्यालय, कास्कीको टोलीले नियन्त्रणमा लिई परीक्षण गर्दा १५ हजार दुई सय लिटर तेल भेटिएपछि
हिमाली तीन जिल्लामा एक मिटर पनि पिच भएन

हिमाली तीन जिल्लामा एक मिटर पनि पिच भएन

    प्रकाशित मितिः २४ भाद्र २०८०, आईतवार १३:२२
सुर्खेत : तीन आर्थिक वर्षमा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ७८.९५ किलोमिटर सडक पिच गरेको छ। मन्त्रालयले १० जिल्लाको समीक्षा कार्यक्रममा उक्त कुरा सार्वजनिक गरिएको हो। आर्थिक वर्ष २०७७/७८ मा ३३.०२ किलोमिटर , आर्थिक वर्ष २०७८/७९ मा १५.९० किलोमिटर र आव २०७९/८० मा ३०.०३ गरि जम्मा ७८.९५ किलोमिटर सडक पिच भएको मन्त्रालयका सूचना अधिकारी रमेश सुवेदीले बताए। त्यस्तै १० जिल्लामा
जनकपुरमा सरकारी गाडीको दुरुपयोग रोक्दै युवा

जनकपुरमा सरकारी गाडीको दुरुपयोग रोक्दै युवा

    प्रकाशित मितिः २३ भाद्र २०८०, शनिबार २२:२३
नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपाल, धनुषाले जनकपुरधाममा सरकारी गाडीको दुरुपयोग रोक्न अभियान थालेको छ । युवा सङ्घले शनिवार बिदाको दिन जनकपुरधामबाट ११ वटा सरकारी नम्बर प्लेटका गाडी नियन्त्रणमा लिएको हो । जसमा दुई चार पाङ्ग्रे र ९ वटा मोटरसाइकल रहेका छन् ।
कुल देउतालाई सरकारी भेटी

कुल देउतालाई सरकारी भेटी

    प्रकाशित मितिः १८ भाद्र २०८०, सोमबार १३:३७
सुर्खेत, कर्णालीमा पर्यटन पूर्वाधार विकासका नाममा कुल देउताको मन्दिरमा बजेट (भेटी) चढाईएको छ । कर्णालीमा रहेको दाह्रेमष्ट प्रसिद्धी पूर्वाधार, भैसेखोर, मष्टा मन्दिर, कालिका मन्दिर, मालिका दुर्गा मन्दिर, मष्टा मन्दिर लगायतका दर्जनौ कुल देउताको मन्दिरमा पर्यटन विकासको नाममा कर्णाली प्रदेश सरकारले सरकारी भेटी चढाउन बजेट हालिएको हो । कुल देउतासहित अन्य देवीदेउताका नाममा उद्योग, पर्यटन वन तथा वातावर