☰ open Loading... 18 April 2024|  

वेथिति

सशस्त्र प्रहरी बलको जवान पदमा लिखित परिक्षामा सात जना नक्कली परिक्षार्थी सात जना पक्राउ

    प्रकाशित मितिः १९ पुष २०७७, आईतवार १४:०५
सुर्खेत । सशस्त्र प्रहरी बलको जवान पदमा लिखित परिक्षा दिइरहेका नक्कली परिक्षार्थी सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सट्टामा परिक्षा दिने र दिन लगाउने दुवै पक्षलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका १ का ईराज तामाङ सोही ठाउँका सन्तोष कोली र दैलेखको भगवतीमाई गाउँपालिका ६ का गणेश बहादुर रोकाय पक्राउ परेका हुन् ।
समितिले सिडिओलाई बुझायो प्रतिवेदन

समितिले सिडिओलाई बुझायो प्रतिवेदन

    प्रकाशित मितिः १४ पुष २०७७, मंगलवार १५:४३
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बद्रीनाथ गैह्रेले जिल्ला प्रशासन कार्यालयको सेवा ढिला सुस्ती भएको विषयमा प्रकाशित समाचारप्रति पत्रकार र समाचारमा उल्लेखित स्रोतसँग स्पष्टीकरण माग्ने किसिमले बनाएको छानबिन समितिले प्रतिवेदन बुझाएको छ। उक्त समितिले शुक्रबार सिडिओ गैह्रेलाई उक्त प्रतिवेदन बुझाएको हो।   छानबिन समितिले समाचारका विषयमा नागरिक दैनिकका पत्रकार गणेश विशु र पश्चिम नेपा
‘सिडिओ ग्रैहेको निरंकुश र अलोकतान्त्रिक कार्य’

‘सिडिओ ग्रैहेको निरंकुश र अलोकतान्त्रिक कार्य’

    प्रकाशित मितिः ११ पुष २०७७, शनिबार १७:३७
सुर्खेत । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बद्रीनाथ गैह्रेको हर्कत, व्यवहार र चरित्र निरंकुश, अलोकतान्त्रिक र सेवाग्राहीप्रति असंवेदनशील भएको नेपाल प्रेस युनियनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको सेवामा ढिलासुस्तीबारे प्रकाशित समाचारप्रति पत्रकार गणेश विशु र गोविन्द केसीसँग स्पष्टीकरण मागेपछि युनियनले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै सिडिओको आचरणमा प्रश्न उठाएको हो ।
रुकुम पश्चिमका सिडियोको कदम विरुद्ध नेपाल पत्रकार महासंघद्वारा विरोध

रुकुम पश्चिमका सिडियोको कदम विरुद्ध नेपाल पत्रकार महासंघद्वारा विरोध

    प्रकाशित मितिः १० पुष २०७७, शुक्रबार १८:३६
प्रकाशित समाचारप्रति चित्त नबुझे कानुनी उपचार खोजिनु पर्ने व्यवस्था हुँदाहुँदै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बद्रीनाथ गैह्रैले पत्रकारसँग स्पष्टिकरण सोधिनु निन्दनीय भएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका महासचिव रमेश विष्टले निकालेको विज्ञप्ति पत्रकारसँग स्पष्टिकरण लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । यस अघि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले पनि विज्ञप्ति
शिव शिखरले विज्ञापनमा तोकेको तलब नदिएर झुक्कायो

शिव शिखरले विज्ञापनमा तोकेको तलब नदिएर झुक्कायो

    प्रकाशित मितिः ९ पुष २०७७, बिहीबार १६:५७
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शाखा कार्यालयले विभिन्न पदमा ४० जनाको कर्मचारी चाहिने भन्दै विज्ञापन गर्‍यो । बेरोजगारले पिरोलिएका युवायुवती लामबद्ध भएर आवेदन दिन गए । विज्ञापनमै आकर्षक पारिश्रमिक उल्लेख गरिएपछि करिब आठ सयभन्दा बढी आवेदन दर्ता भए । योग्यता र क्षमताभन्दा भनसुनमा कर्मचारी छनोट गरिएको आरोप मात्र लागेन विज्ञापनमा उल्लेख गरिएअनुसारको नभइ घटाएर पारिश्रमिक दिने भन्ने कर्मच
४८ हजार बढी घनमिटर आयो, सम्झौतामा समस्या

४८ हजार बढी घनमिटर आयो, सम्झौतामा समस्या

    प्रकाशित मितिः ८ पुष २०७७, बुधबार १०:२१
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले मंगलबार अपरान्हसम्म ४८ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गरेको छ भने लक्ष्यभन्दा दुई लाख ९० हजार तीनसय रुपैयाँ बढी राजश्व जम्मा गरिसकेको छ । नगरपालिकाले चालुआर्थिक वर्षको असोज १ गतेदेखि उक्त परिमाणको ढुंगा, गिटी र बालुवा निकासी गरेको हो । नदीजन्य पदार्थ उत्खनन्का लागि परामर्शदातामार्फत नगरपालिकाले वातावरणीय प्रभाव मुल्यांकन तथा प्रारम्भिक परीक्षण (आइइ) प्रतिव
अर्थ व्यवस्था समितिका सभापतिको गाडीले छोरा देखि घाँससम्म बोक्छ 

अर्थ व्यवस्था समितिका सभापतिको गाडीले छोरा देखि घाँससम्म बोक्छ 

    प्रकाशित मितिः ४ पुष २०७७, शनिबार १८:५१
सुर्खेत । कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी शनिबारको दिन घाँस बोक्न प्रयोग भएको पाइएको छ । जाजरकोटबाट निर्वाचित प्रदेश सभा सांसद एवं समितिका सभापति गणेशप्रसाद सिंह चढ्ने गाडीमा घाँस बोकेको पाइएको हो । कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको उक्त गाडीले वीरेन्द्रनगर नगरपालिका ११ भेरीबाट घाँस ल्याएर आउँदै गर्दा सुब्बाकुनास्थित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सरकारी अनुदान हजम

सरकारी अनुदान हजम

    प्रकाशित मितिः २ पुष २०७७, बिहीबार ०३:२७
कर्णाली प्रदेश सरकार र स्थानीय तहद्वारा बाख्रा पालनका लागि दिइएको अनुदान रकम दुरुपयोग भएको पाइएको छ । दैलेखको आठवीस नगरपालिका ६ स्थित एकता कृषि तथा पशुपालन सहकारी संस्थाले कर्णाली प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आठवीस नगरपालिकाको सहकार्यमार्फत रु. १८ लाख रकम बाख्रा पालनका लागि अनुदान लिएको थियो । मन्त्रालयको आर्थिक वर्ष २०७५÷०७६ को सहकारीतर्फको बजेटमार्फत रु. १४ लाख र आ
अमानतमै उठायो, ४० हजार बढी घनमिटर नदीजन्य पदार्थ

अमानतमै उठायो, ४० हजार बढी घनमिटर नदीजन्य पदार्थ

    प्रकाशित मितिः ३० मंसिर २०७७, मंगलवार १२:५७
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्का लागि टेण्डर स्वीकृत नहुँदै अमानतमा झण्डै ४० हजार घनमिटर नदीजन्य पदार्थ निकासी गरेको छ । नगरपालिकाभित्र पर्ने भेरी नदी, झुप्राखोला र गिरीघाटबाट सो परिमाणको ढुङ्गा, गिटी, बालुवा निकासी गरेको हो । आर्थिक वर्षको असोज १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन् गर्न पाइने प्रावधान बमोजिम नगरपालिकाले सोही मितिदेखि नै वीरेन्द्रनगरका वडा नम
भरुवा बन्दुक र काठ सहित तस्कर पक्राउ

भरुवा बन्दुक र काठ सहित तस्कर पक्राउ

    प्रकाशित मितिः २५ मंसिर २०७७, बिहीबार २०:५९
सुर्खेत । भरुवा बन्दुकसहित काठ तस्कर पक्राउ परेका छन् । सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ६ गुठीमा अवैध काठ चिरान गरिरहेको अवस्थामा पक्राउ गरेको हो । तीन सय २७ थान चिरान काठ (कडी) र भरुवा बन्दुक सहित स्थानीय बिरबहादुर रावललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बाबियाचौरका ईन्चार्ज बखत बहादुर शाहीले बताए । उनका अनुसार उक्त कार्यमा संलग्न भास्कर थापा र ओमबहादुर राझी फरार रहेका छन् । उनिहरुक