☰ open Loading... 18 April 2024|  

वेथिति

सदरमुकाममै वडा सचिव

सदरमुकाममै वडा सचिव

    प्रकाशित मितिः १७ फाल्गुन २०७४, बिहीबार ११:४८
कालिकोट ।  तीन नगर र ६ गाउँपालिका रहेको जिल्लाका अधिकांश वडामा सचिव छैनन् । जिल्लाभर ८२ मध्ये ७९ वडामा सचिव छैनन् । सचिव नहुँदा सेवाग्राही मर्कामा छन् । वडा कार्यालयले दिने जन्म, मृत्यु, विवाह दर्ता, नागरिकता सिफारिस, सामाजिक सुरक्षालगायत सेवा सचिव अभावमा प्रभावकारी हुन सकेको छैन । सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकाका ११ वटै वडा सचिवविहीन छन् । खाँडाचक्र नगरका सबै बासिन्दा जन्म, मृत्यु, विवाह दर्
भारतले महाकालीमा अनुमति बिना बनायो बाटो र पुल

भारतले महाकालीमा अनुमति बिना बनायो बाटो र पुल

    प्रकाशित मितिः १६ फाल्गुन २०७४, बुधबार १७:२०
दार्चुला । कालापानी र लिपुलेक सीमा अतिक्रमणको विरोध भइरहेको बेला भारतले महाकाली नदीमा एकतर्फी पुल बनाएको छ । नेपालको अनुमति बिना नेपाली भूमिमा बाटो समेत बनाएको छ । भारतले व्यास गाउँपालिका–२ ताम्पाकु, लखनपुर, घाटबगर र माल्पा तथा दोपखे र लामारी जोड्ने पुल बनाएको छ । घाटबगर, दोपखे, नज्यगं क्षेत्रमा काठेपुल समेत निर्माण गरेको छ । भारतले विभिन्न निर्माण सामाग्री एक ठाउँबाट अर्को ठाउँमा लग्न पुल प्रय
भारतीय फोनबाट नेपाल प्रहरीको सञ्चार

भारतीय फोनबाट नेपाल प्रहरीको सञ्चार

    प्रकाशित मितिः १६ फाल्गुन २०७४, बुधबार १०:४५
खंग्रा (दाङ) । भारतीय फोनबाट दाङमा प्रहरीले सञ्चार प्रवाह गरिरहेको छ। जिल्लामा भारतीय सीमा जोडिएका प्रहरी युनिट अहिले पनि भारतीय फोनको भरमा सञ्चार प्रवाह गरिरहेका छन्। नेपाल–भारत नाका क्षेत्रका अधिकांश प्रहरी चौकीले भारतीय सिम प्रयोग गर्दै आएका छन्। नाका क्षेत्रमा नेपालका कुनै पनि सञ्चार सञ्जालले काम नगरेपछि त्यहाँका प्रहरी चौकीले भारतीय फोन नम्बर प्रयोग गर्दै आफ्नो सञ्चार प्रवाह गर्नुपरेको हो।
बुहारीलाई बाध्यकारी छाउ

बुहारीलाई बाध्यकारी छाउ

    प्रकाशित मितिः १६ फाल्गुन २०७४, बुधबार ०७:५०
कालिकोट । कालिकोटको कालिका गाउँपालिका–६ निवासी पवित्रा खत्री छाउपीडित बुहारी हुन् । उनका सासूससुराले बुहारी कहिले महिनावारी हुन्छे भन्नेसम्मको हेक्का राख्छन्। महिनावारी भएको समयमा पवित्रालाई घरभित्र पस्न प्रतिबन्धजस्तै छ। अन्नपूर्ण पोस्ट्मा समाचार छ । दैलेख कुसापानी माइती भएकी पवित्रा महिनावारी हुँदा घर पर बनाइएको छुट्टै कोठामा बस्न बाध्य छिन्। महिनावारी हुँदा घरमा बस्दा अशुभ हुने, देवताले
सवारी दुर्घटना एकको मृत्यु

सवारी दुर्घटना एकको मृत्यु

    प्रकाशित मितिः १५ फाल्गुन २०७४, मंगलवार १७:५७
दाङ ।  सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुरस्थित यातायात व्यवस्था कार्यालय राप्तीका नायब सुब्बा हरिबहादुर नेपाली रहेको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ । प्रहरीका अनुसार तुलसीपुरबाट घोराहीतर्फ रा ३ प ८७७३ नंको मोटरसाइलकमा जाँदै गरेका नेपाली घोराहीबाट तुलसीपुरबाट आउँदै गरेको ना ६ ख ६२० नंको ट्रकमा ठोक्किएको र त्यसपछि पछाडिबाट आउँदै गरेको रा १ त ८३५ नंको ट्र्याक
बालविवाहको मारमा ग्रामीण भेगका महिला

बालविवाहको मारमा ग्रामीण भेगका महिला

    प्रकाशित मितिः १४ फाल्गुन २०७४, सोमबार १५:२६
बझाङ ।  सामा अक्षर चिनेकै छैन, नौ वर्षको उमेरमा कल्पना बोहोराको छिमेकी गाउँको १२ वर्षीया केटासँग मागि बिहे भएको थियो । १४ वर्षको उमेरमा त उनी आमा बनिसकेकी थिइन् । आफूले बिहे गर्न नमाने पनि बाबुआमाको बाध्यताले बिहे गरेको बताउने बुगल नगरपालिका–३ की कल्पना बोहोराका साथमा अहिले तीन नाबालक छोरी छन् । आफू छ महिनाको हुँदा आमा बिरामी भएको र उपचार गर्न पैसा नभएपछि छिमेकी गाउँको एक व्यक्तिबाट बाबु
तुलसीपुरमा सार्वजनिक ठाउँमा व्यापार गर्न रोक, ठेला व्यापारी र स्थानीय प्रशासनबीच झडप

तुलसीपुरमा सार्वजनिक ठाउँमा व्यापार गर्न रोक, ठेला व्यापारी र स्थानीय प्रशासनबीच झडप

    प्रकाशित मितिः १४ फाल्गुन २०७४, सोमबार १३:२९
दाङ  ।  तुलसीपुर उपमहानगरले सार्वजनिक स्थानमा व्यापार गर्न नदिने नीति अवलम्बन गरेको छ। बजारका चोक र सार्वजनिक स्थानमा गरिँदै आएको व्यापारले बजारको शोभा घटेको, दुर्घटनाको जोखिम बढेको तथा सडक अस्तव्यस्त बनेको भन्दै सडक व्यापार हटाउन सुरू गरिएको मेयर घनश्याम पाण्डेले जानकारी दिए। तुलसीपुर बजारलाई व्यवस्थित बनाउने भन्दै उपमहानगरपालिकाले सार्वजनिक सूचनामार्फत सडक पेटी, सार्वजनिकस्थल र चोकमा बजार नगर्न
छिनभरको सनकले ४२ महिनामा २,१६४ को हत्या

छिनभरको सनकले ४२ महिनामा २,१६४ को हत्या

    प्रकाशित मितिः १४ फाल्गुन २०७४, सोमबार ०८:२७
काठमाडौं । क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा सामान्य विवादमा पनि गम्भीर अपराध ।  नयाँ पत्रिकामा समाचार छ । १. प्युठान नगरपालिका–१ खैराकोटका २७ वर्षीय गिरबहादुर विकले २३ वर्षकी श्रीमती बागेश्वरीलाई कोदालाको पाताले टाउकोमा हाने । भुइँमा ढलेकी बागेश्वरी छटपटाउँदा पनि गिरबहादुरको रिस थामिएन, दोस्रो प्रहार गरे । घरायसी विवादमा श्रीमान्को रिसले बागेश्वरीको ठाउँको ठाउँ मृत्यु भयो । २. कन्चनपुरको कृष्
अध्यक्षलाई हातपात गर्ने एमाले कार्यकर्ता पक्राउ

अध्यक्षलाई हातपात गर्ने एमाले कार्यकर्ता पक्राउ

    प्रकाशित मितिः १३ फाल्गुन २०७४, आईतवार १८:०९
जाजरकोट । जुनीचाँदे गाउँपालिका अध्यक्ष कृष्ण केसीलाई स्थानिय एमाले कार्यकर्ताले हातपात गरेका छन् । नेकपा एमाले जुनीचाँदे गाँउपालिका –४ का अध्यक्ष वीरबहादुर खड्काले केसीलाई हातपात गरकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । कुनैपनि योजनाको निर्माण समितिमा जिम्मेवारी नदिएको भन्दै शनिबार राति घरमै बसिरहेको बेला एक्कासी आएर आफूलाई खड्काले गाली गर्दै हातपात गरेको अध्यक्ष केस
सल्यानमा सम्बन्ध बिच्छेदका घटना बढ्दै

सल्यानमा सम्बन्ध बिच्छेदका घटना बढ्दै

    प्रकाशित मितिः ८ फाल्गुन २०७४, मंगलवार १७:४५
बुद्धिमान पुन सल्यान । सल्यानमा सम्बन्ध बिच्छेदका घटनाहरु बढ्दै गएका छन् । जिल्ला अदालत सल्यानमा अहिले सबैभन्दा बढी मुद्दा सम्बन्ध बिच्छेदको आउने गरेको अदालत स्रोतले जनाएको छ । अहिले दैनिक रुपमा नै सम्बन्ध विच्छेदका मुद्दाहरु आउने गरेको जिल्ला अदालत सल्यानले जनाएको छ । गत बर्षको तुलनामा यस बर्ष सल्यानमा सम्बन्ध बिच्छेदका घटनामा बृद्धि भएकोे जिल्ला अदालत सल्यानको तथ्याङकमा उल्लेख रहेको छ । यस आर्