रंगमञ्चका राजा
प्रकाशित मितिः २४ पुष २०७३, आईतवार १६:१८
ख्याउटे जीउ, फूलेका चुस्स परेका दाह्री जुंगा, लामा लामा कपालका जटा । ‘मेरो प्रपोर्टी भनेकै यही लुक्स त हो नि !’ पाका संस्कृतिकर्मी प्रेमदेव गिरि भन्छन्, ‘कथाले मागिरहन्छ । काट्नै पाउ“दिन । कपाल नकाटेको त ६ वर्षै पुगेछ ।’
वीरेन्द्रनगर हिलेखालीस्थित घरमा भेट्न पुग्दा हातमा फोटो एल्बम समाइरहेका उनी भविष्यका तस्बिरको कल्पना गर्दै थिए । कोठामा मादल, सारंगी सजाएका छन् ।
०३२ सालमा झलकमान गन्धर्वका बुवा