☰ open Loading... 20 April 2024|  

देश

फागुन ९ गते १८ वर्ष पुगेकाले मात्रै मतदान गर्न पाउने

फागुन ९ गते १८ वर्ष पुगेकाले मात्रै मतदान गर्न पाउने

    प्रकाशित मितिः २४ फाल्गुन २०७३, मंगलवार १६:२४
काठमाडौं । स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै देशभर चुनावी माहोल बढेको छ । यससँगै गाउँ–गाउँमा उमेदवारी र मतदानबारे बहस हुन थालेको छ । राजनीतिक दलहरू त्यसको तयारीमा जुटेका छन् । मतदान गर्ने चाहना भए पनि अन्योलताका बीच घोषणा भएको मितिसँगै नामावली संकलनमा सहभागी हुन नसकेर लाखौं मतदाता आफ्नो मत व्यक्त गर्नबाट छुट्ने भएका छन् । मतदाता नामावलीसम्बन्धी ऐनअनुसार निर्वाचन मिति घोषणा भएसँगै नामावली स
मधेसी मोर्चाले मृत घोषणा गरेका यादव अस्पतालको बेड नं १० मा उपचाररत

मधेसी मोर्चाले मृत घोषणा गरेका यादव अस्पतालको बेड नं १० मा उपचाररत

    प्रकाशित मितिः २४ फाल्गुन २०७३, मंगलवार १२:५८
मधेसी मोर्चाले सप्तरीको राजविराजमा भएको झडपमा परी मृत्यु भएको दावी गरेका दिगम्बर यादवको अहिले अस्पतालमा उपचार भइरहेको छ । यादवको बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको हो । अस्पतालका अनुसार यादवको ढाडमा गोली लागेको र सर्जरी वार्डको १० नम्बर बेडमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव निरीक्षक तिलक गिरीले दिगम्बर यादवको सर्जरी वार्डको बेड नम्बर १० म
नेपालीले पत्ता लगाए क्षुद्र ग्रह !

नेपालीले पत्ता लगाए क्षुद्र ग्रह !

    प्रकाशित मितिः २४ फाल्गुन २०७३, मंगलवार ०६:५८
काठमाडौं । नेपाली खगोलविद्लाई क्षुद्र ग्रह पत्ता लगाउने काममा पहिलो सफलता मिलेको छ ।  विदेशी प्रारम्भिक तथ्याङ्कको विश्लेषणका आधारमा नेपाली युवा खगोलविद् क्षुद्र ग्रहको प्रारम्भिक पहिचान गर्न सफल भएका हुन् । अमेरिकाको हवाईस्थित पानोरामिक सर्भे टेलिस्कोप तथा र्‍यापिड रेस्पोन्स सिस्टम ९प्यान्स्टार्स० ले खिचेका एक लाख आठ हजार तस्बिरको अध्ययनबाट नेपाली खगोलविद्ले उपलब्धि हासिल गरेका हुन् । नेपाल
मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

    प्रकाशित मितिः २४ फाल्गुन २०७३, मंगलवार ०६:२५
काठमाडौं । मधेसी मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । साथै उसले आन्दोलन घोषणा गरेको छ । सप्तरीको राजविराजमा भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर तीन जनाको मृत्यु भएलगतै मधेसी मोर्चाको आकस्मिक बैठक बसेको थियो । साँझ संघीय समाजवादी फोरम नेपालको कार्यालय तिनकुनेमा बसेको आकमिस्क बैठकले घटनामा एमाले नै जिम्मेवार भएको ठहर गरेको छ । मधेसी मोर्चाले भनेको छ, एमाले केही श
छयासी वर्षको उमेरमा सगरमाथा चढ्दै

छयासी वर्षको उमेरमा सगरमाथा चढ्दै

    प्रकाशित मितिः २३ फाल्गुन २०७३, सोमबार १६:२०
काठमाडौँ । विश्व कीर्तिमान कायम राख्न ८६ वर्षीय मीनबहादुर शेरचन सगरमाथा चढ्न लागेका छन् ।  ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अभियानका संयोजक जीतबहादुर घर्तीमगरले हिमाल चढेर विश्व कीर्तिमान कायम राख्न शेरचन सगरमाथा आरोहण गर्न लागेका बताए । उनले भने, “सन् २०१५ मा सगरमाथा आरोहण गर्न लाग्नुभएको थियो, त्यतिबेला भूकम्पले गर्दा जान सक्नुभएन अहिले अभियान नै
आगामी आवको बजेटले सङ्घीयता समेट्छ : अर्थमन्त्री

आगामी आवको बजेटले सङ्घीयता समेट्छ : अर्थमन्त्री

    प्रकाशित मितिः २३ फाल्गुन २०७३, सोमबार १६:११
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक २०७४÷७५ को बजेटले सङ्घीय संरचनालाई सम्बोधन गर्ने बताएका छन् ।  आगामी आवको बजेट विनियोजनाका विषयमा आज अर्थ मन्त्रालयमा भएको विभिन्न मन्त्रालयका सचिवसँगको बैठकलाई सम्बोधन गर्दै उनले मुलुक सङ्घीयता कार्यान्वनको चरणमा रहेकाले बजेट पनि सोही अनुसार हुने बताए । अर्थ मन्त्री महराले भने, “निर्वाचनको मिति घोषणा भइसकेको छ, स्थानीय निकाय पनि स
सुरु भयो होली

सुरु भयो होली

    प्रकाशित मितिः २२ फाल्गुन २०७३, आईतवार १९:४२
यस वर्षको होली पर्व औपचारिक रुपमा सुरु भएको छ। राजधानीको बसन्तपुरमा आइतबार बिहान विभिन्न रंगी–विरंगी कपडाहरु बाँधिएको झण्डै ३० फिट अग्लो चीर ठड्याएर देशभर होली पर्वको औपचारिक सुरुवात गरिएको छ । बिहान करिव आठ बजेको शुभ साइतमा चीर ठड्याएपछि परम्परागत पूजा गरेर खुसीयाली सहित अविर छरेर टोल परिक्रमा गर्दै यसवर्षको होली खेल्न सुरुवात गरियो। त्यस्तै नेपाली सेनाको होलीको प्रारम्भ गर्दै हर्ष बढाइसमे

स्थानीय तह सीमानाको विरोधैविरोध

    प्रकाशित मितिः २१ फाल्गुन २०७३, शनिबार १९:२१
गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले निर्धारण गरेको स्थानीय तहको संख्या र सीमानाबारे चौतर्फी विरोध भएका छन् । काठमाडौं जिल्लामा पर्ने शंखरापुर नगरपालिकालाई आयोगले कागेश्वरी मनोहरा नगरपालिकामा मिसाएको भन्दै स्थानीय बासिन्दा आठ दिनदेखि रत्नपार्कमा रिले अनसनमा छन् । उनीहरु मौलिक, सांस्कृतिक र पौराणिक महत्वका सम्पदा छायाँमा परेको र उपत्यका
जोखिम मोलेरै भए पनि संविधान कार्यान्वयन गर्छु : प्रधानमन्त्री

जोखिम मोलेरै भए पनि संविधान कार्यान्वयन गर्छु : प्रधानमन्त्री

    प्रकाशित मितिः २१ फाल्गुन २०७३, शनिबार १३:०१
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो पार्टी जहिले पनि जोखिम मोल्ने पार्टी भएको भन्दै यस पटक जनताका लागि भएपनि जोखिम मोलेर नै पनि सविधान कार्यान्वयन गर्ने बताएका छन् । काभ्रेको कामिडाडाँमा जिल्ला कार्यसमितिको आयोजनामा सहिद सप्ताह तथा जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले माओवादीलाई कुनै राजनैतिक दलले कमजोर नदेख्न समेत सबैलाई आग्
ग्रामिण भेगका महिलाले गर्भ जाँच नै गराउँदैनन्

ग्रामिण भेगका महिलाले गर्भ जाँच नै गराउँदैनन्

    प्रकाशित मितिः २१ फाल्गुन २०७३, शनिबार ११:५६
जाजरकोट । यहाँका अधिकांश महिला गर्भ जाँच गराउँदैनन् । जिल्ला स्वास्थ्य कार्यालयको सुरक्षित मातृत्व शाखाले निकालेको तथ्याङ्कानुसार गर्भ जाँच गराउने महिलाको सङ्ख्या न्यून पाइएको हो । जाजरकोट जिल्ला अस्पतालसहित २७ बर्थिङ सेन्टर रहेको जिल्लामा संस्थागत सुत्केरी हुनेको सङ्ख्यामध्ये नियमित गर्भ जाँच गराउने गर्भवतीको सङ्ख्या निकै कम रहेको तथ्याङ्क सार्वजनिक भएको छ । चालु आवमा संस्थागत सुत्केरी हुनेक