☰ open Loading... 20 April 2024|  

देश

गार्इ काटिरहेकाे अवस्थामा सात जना पक्राउ

गार्इ काटिरहेकाे अवस्थामा सात जना पक्राउ

    प्रकाशित मितिः २६ मंसिर २०७४, मंगलवार १८:३९
पार्वती बस्नेत दाङ । गार्इ कोटेको अभियोगमा दाङमा सातजना पक्राउ परेका छन् । दाङको राजपुर गाउँपालिका वडा नं. ७ मा तीनवटा गाइ काट्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले बताइन । स्थानीय ३९ बर्षीय विरसिंह थापासहित सात जना पक्राउ परेको र त्यसमा तीन महिला र चार पुरुष रहेका उनले बताइन । एकजनाको मात्रै नाम खुलाइएको भएपनि अन्यको नाम भने सार्वजनिक गरिएको छैन । घटन
सात प्रदेशमै प्रदेश प्रमुख ताेक्ने तयारीमा सरकार

सात प्रदेशमै प्रदेश प्रमुख ताेक्ने तयारीमा सरकार

    प्रकाशित मितिः २६ मंसिर २०७४, मंगलवार १०:१४
काठमाडौं । सरकारले आगामी बिहीबार प्रदेश प्रमुखको मनोनयन गर्ने भएको छ । साथै सातवटै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्ने ठाउँ पनि सोही दिन तोकिनेछ । स्रोतका अनुसार पूर्वप्रशासक, पूर्वउपकुलपति, निर्वाचन आयोगका पूर्वप्रमुखमध्येबाट प्रदेश प्रमुख तोक्ने तयारी सरकारले गरेको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले आगामी बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको मनोनयन,
सुर्खेतमा कांग्रेसको किल्ला वाम गठबन्धनले तोड्यो

सुर्खेतमा कांग्रेसको किल्ला वाम गठबन्धनले तोड्यो

    प्रकाशित मितिः २५ मंसिर २०७४, सोमबार १७:३४
सुर्खेत । कांग्रेसको लाल किल्ला रहेको सुर्खेतमा वाम गठबन्धनले तोडेको छ । ०७० सालको संविधान सभाको निर्वाचनमा एकलौटी जितेको कांग्रेसले यो पटक विरासत जोगाउन सकेन् । https://youtu.be/XzcQWa_VvL4 मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एकलौटी वाम गठबन्धन विजयी भएको छ । कम्तिमा तीन सिट जित्ने आँकलन गरेको कांग्रेसले चुनाव हारेपछि अन्तरघातले पराजय भोग्नु परेको चर्चा चियापसलमा भुसको आगोझैँ
पूर्व गृहमन्त्री खड्कालाई पराजित गर्ने यी हुन् शाही ?

पूर्व गृहमन्त्री खड्कालाई पराजित गर्ने यी हुन् शाही ?

    प्रकाशित मितिः २४ मंसिर २०७४, आईतवार ०७:१८
सुशील खड्का सुर्खेत । कांग्रेसका प्रभावशाली नेता एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्कालाई पराजित गर्दै सुर्खेत १ बाट वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार धु्रवकुमार शाही विजयी भएका छन् । खड्कालाई ३ हजार ३ सय ८२ अन्तरले पछि पार्दै शाहीले ३६ हजार ७ सय ५९ मत ल्याएर विजयी भएका हुन् । खड्काले ३३ हजार ३ सय ७७ मत प्राप्त गरेका थिए । कूल खसेको ७२ हजार ८ सय ८३ मध्ये १५९४ मत बदर भएको थियो । पूर्वी सुर्
वाम गठबन्धनकाे विजयोत्सवमा हजारौंको उपस्थिति

वाम गठबन्धनकाे विजयोत्सवमा हजारौंको उपस्थिति

    प्रकाशित मितिः २३ मंसिर २०७४, शनिबार १४:४०
डोल्पा । तीनवटै सिटमा विजय हासिल गरेको वाम गठबन्धनले हजारौंको उपस्थितिमा यतिखेर विजयोत्सव मनाइरहेको छ ।प्रतिनिधिसभामा विजय भएका एमालेका धनबहादुर बुढा, प्रदेशसभा क मा विजय प्राप्त गरेका एमालेकै नन्दसिंह बुढा र प्रदेश ख मा विजय हात पारेका माओवादी केन्द्रका वीरबहादुर शाहीसहितको हजारौं कार्यकर्ताहरुको उपस्थितिमा वाम गठबन्धन डोल्पाले यतिबेला डोल्पाको सदरमुकाम दुनै बजारमा विजय जुलुसले विभिन्न नारासहित ब
अपडेट : प्रदेश ६ मा कुन दलले कहाँ जिते ?

अपडेट : प्रदेश ६ मा कुन दलले कहाँ जिते ?

    प्रकाशित मितिः २२ मंसिर २०७४, शुक्रबार १६:३१
पश्चिम नेपाल डटकम मुगु सम्वाददाता नन्द बहादुर रोकायाका अनुसार एक क्षेत्र रहेको मुगु जिल्लाकाे प्रतिनिधि सभामा सदस्यमा वामगठबन्धन तथा नेकपा एमालेका गोपाल बहादुर बम बिजयी भएका छन । बमले १३ हजार ३४ मत प्राप्त गरी बिजय भएका छन भने उहाँका प्रतिद्धन्धी नेपाली काग्रेशका हस्त बहादुर मल्लले ९ हजार ८ सय ६१ मत प्राप्त गरी पराजित भएका छन् । मुगुमा ३० हजार १५ मतदाता भएपनी २३ हजार ७ सय १२ मत खसेको थियो ।
सुर्खेतमा मतदान शान्तिपूर्ण, ७० प्रतिशत मत खस्याे

सुर्खेतमा मतदान शान्तिपूर्ण, ७० प्रतिशत मत खस्याे

    प्रकाशित मितिः २१ मंसिर २०७४, बिहीबार २०:४६
सुर्खेत । दोस्रो चरण अन्तरगत भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचन सुर्खेतमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । जिल्लाका २६३ मतदानस्थलमा करिव ७० प्रतिशत मत खसेको छ । कुल २ लाख ४ हजार ५७७ मतदाता रहेको सुर्खेतमा ८० प्रतिशत मत खस्ने आँकलन गरिएपनि कम भोट खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रत्न गिरीले जानकारी दिए । उनका अनुसार समग्रमा जिल्ला शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान
सुर्खेतको रानीवासमा बम भेटियो, सेनाको टोली घटनास्थलमा

सुर्खेतको रानीवासमा बम भेटियो, सेनाको टोली घटनास्थलमा

    प्रकाशित मितिः २० मंसिर २०७४, बुधबार १८:४८
सुर्खेत । वीरेन्द्रनगरदेखी उत्तरपूर्वमा पर्ने चिङ्गाड गाउँपालिका–२ रानीवासस्थित नाङ्गीडाँडामा बम भेटीएको छ । रानीवासकाे जनता मावि र रजेनाकाे पाखापानी मतदान केन्द्रदेखी तीन किलोमिटरको दुरीमा तीन स्थानमा तार तानीएकाे अवस्थामा प्रेसर कुकुरमा वम फिट गरिएकाे अवस्थामा भेटिएको ६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजकुमार खिउँजुले जानकारी दिए । वम भेटिएको स्थानमा नेपाली सेनाको टोली पुगिसकेक
याे हाे मतदान अधिकृतदेखी कार्यालय सहयाेगीसम्म खटिएका मतदान केन्द्र

याे हाे मतदान अधिकृतदेखी कार्यालय सहयाेगीसम्म खटिएका मतदान केन्द्र

    प्रकाशित मितिः २० मंसिर २०७४, बुधबार १७:५४
सुर्खेत । भोली सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुर्खेतको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । वीरेन्द्रनगर नगरपालिका–६ स्थित जनमाविमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिलालाई परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत का
यस्ताे छ अाउने तीन दिनकाे माैसमी पुर्वानुमान

यस्ताे छ अाउने तीन दिनकाे माैसमी पुर्वानुमान

    प्रकाशित मितिः १९ मंसिर २०७४, मंगलवार १८:५६
सुर्खेत । दक्षिणपूर्वी अरव सागरमा अवस्थित धेरै शक्तिशालि सामुन्द्रिक चक्रवात “OCKHI” (Very Severe Cyclonic StormOCKHI) हाल शक्तिशालि सामुन्द्रिक चक्रवात (Severe Cyclonic Storm) मा परिणत भइसकेको छ। यसको प्रभावले देशका हिमालि भूभागमा हिमपातको संभावना देखिएको छ जसको प्रत्यक्ष असर हिमालि पर्वतारोहिमा पर्न सक्ने देखिएकोले यस चक्रवात रहँदा सम्म विशेष सावधानि अपनाउनु पर्ने देखिन्छ। भू-उपग्रहवाट प्राप्त त