☰ open Loading... 25 April 2024|  

अर्थ

भाटभटेनीले भ्याट छली मुद्दामा डेढ अर्बभन्दा बढी ठगी

भाटभटेनीले भ्याट छली मुद्दामा डेढ अर्बभन्दा बढी ठगी

    प्रकाशित मितिः १७ माघ २०८०, बुधबार १६:३०
मूल्य अभिवृद्धि कर (भ्याट) छलीसम्बन्धी हाइप्रोफाइल मुद्दामा भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्ट स्टोर प्रालि दोषी ठहर भएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि आफैँले गरेको फैसला मंगलबार सदर गर्दै भाटभटेनीले नक्कली भ्याटबिल बनाएर कर छलेको ठहर गरेको हो । यससँगै भाटभटेनीले कर, जरिवाना, थप दस्तुर तथा ब्याजसमेत गरी डेढ अर्ब रुपैयाँभन्दा बढी रकम राज्यलाई बुझाउनुपर्ने भएको छ । भाटभटेनीले भ्या

छोरी बेपत्ता बनाएको आरोपमा वडा सदस्यविरुद्ध उजुरी

    प्रकाशित मितिः १७ माघ २०८०, बुधबार १३:३७
जुम्लामा एकजना बालिकालाई बेपत्ता बनाएको भन्दै वडा सदस्यविरुद्ध उजुरी परेको छ। गत माघ १० गतेदेखि बेपत्ता रहेकी ती बालिकाकी आमाले वडा सदस्यविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन्। बेपत्ता हुनेमा सिंजा गाउँपालिका ६ जोडु गाउँकी १४ वर्षकी रमिशा बुढा हुन्। रमिशाकी आमा बिस्नकली बुढाका अनुसार उनी भेडा चराउन गएको बेलादेखि नै बेपत्ता छिन्। रमिशालाई गाउँपालिका ५ गोरा गाउँकी महिला वडा सदस्य पाल्ती रावलको समुह
नेपाल व्याप्त भ्रष्टाचार हुने देशको सूचिमा

नेपाल व्याप्त भ्रष्टाचार हुने देशको सूचिमा

    प्रकाशित मितिः १६ माघ २०८०, मंगलवार १३:२०
नेपाल व्याप्त भ्रष्टाचार हुने देशको सूचिमै देखिएकाे छ। नेपालमा भ्रष्टाचार नियन्त्रण हुन नसकेको देखिएकाे छ। विश्वका देशमध्ये नेपालले ३५ अंक प्राप्त गरी १०८ ओं स्थानमा रहेकाे छ। याे गत वर्ष भन्दा १ नम्बर मात्रै बढी हाे। ट्रान्परेन्सी इन्टरनेशनल नेपालले हरेक वर्ष जस्तै यस वर्ष पनि भ्रष्टाचार अवधारणा सूचंकाकमा भ्रष्टाचारमा सुधार नभएकाे देखिएकाे हाे। टीआइले आज सार्वजनिक गरेकाे तथ्यांकमा नेपाल सन् २०
३ सय रुपैयाँ बढ्यो सुन

३ सय रुपैयाँ बढ्यो सुन

    प्रकाशित मितिः १६ माघ २०८०, मंगलवार १२:५१
मंगलबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा ३ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अघिल्लो दिनसम्म प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ रहेको सुन मंगलबार १ लाख १८ हजार ६ सय रुपैयाँ पुगेको छ । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४०५ रुपैयाँ रहेकोमा मंगलबार १ हजार ४२० रुपैय
‘समुदायमा काँग्रेस’ अभियान आजदेखि

‘समुदायमा काँग्रेस’ अभियान आजदेखि

    प्रकाशित मितिः १६ माघ २०८०, मंगलवार १२:४०
नेपाली काँग्रेसको ‘समुदायमा काँग्रेस’ अभियान आजदेखि सुरु भएको छ। सहिद दिवसको अवसर पारेर काँग्रेसले आजदेखि औपचारिक रुपमा सुर्खेतमा पनि अभियानको सुरुआत गरेको हो। अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने काँग्रेसले जनाएको छ। माघ २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा मात्रै सुन्नेछन्। अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेता खटाइएका छन्।
कर्णालीमा रमाउँछन् कालापहाडका मजदुर

कर्णालीमा रमाउँछन् कालापहाडका मजदुर

    प्रकाशित मितिः १६ माघ २०८०, मंगलवार १२:३१
मौसमी रोजगारको खोजीमा जुम्लीहरू कालापहाडतिर लस्कर लागिरहेका बेला भारत उत्तरप्रदेशको बलारामपुर, उत्रौलाका २८ वर्षीय रामकिसन बर्मा भने गत चैतमा काम खोज्दै जुम्ला आइपुगे। हरेक वर्ष दसैंतिहार सकिनेबित्तिकै ताँती लागेर कालापहाड जाने जुम्लीहरूको चलनै जस्तो भइसक्यो। तर, यो चलनमा केही वर्षयता फरक दृश्य देखिन थालेको छ। रामकिसन अहिले जुम्ला सदरमुकाममा घर रंगरोगनको काम गरिरहेका छन्। उनले जुम्लामा सजिलै का
अनुदानले तोरी खेतीमा आकर्षण

अनुदानले तोरी खेतीमा आकर्षण

    प्रकाशित मितिः १५ माघ २०८०, सोमबार १५:३४
हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाले तोरीखेती गर्ने किसानलाई अनुदान दिएको छ। तोरीखेती विस्तारबापत प्रतिरोपनी रु चार सय र बीउमा ५० प्रतिशतका दरले अनुदान वितरण गरिएको कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले जानकारी दिए। महानगरपालिकाबाट अनुदान पाएपछि वडा नं ११, १३, २३, २९ र ३१ किसानले पाँच रोपनीमा तोरीखेती विस्तार गरेको उनले बताए। समूहगतरुपमा आएका किसानलाई जग्गा तयार गरेबापत क्
कर्णालीको पीडाः नागरिकता छ भने मात्रै ‘नुन’

कर्णालीको पीडाः नागरिकता छ भने मात्रै ‘नुन’

    प्रकाशित मितिः १५ माघ २०८०, सोमबार १०:५५
शुभकालिका गाउँपालिकाकी नान्द्ररा शाहीलाई जहान परिवारका लागि खाद्यान्न जोहो गर्न जति दुःख छ, त्योभन्दा बढी सास्ती नुन जुटाउन छ । दश वर्षअघिसम्म नुन लिन हाट जाने उनी अहिले एक दिन हिँडेर कालिकोटको सदरमुकाम मान्म आउने गरेकी छन्। उनले ९ रुपैयाँ प्रति किलोमा नुन किन्न आतेजातेमै एक हजार पाँच सय रुपैयाँ खर्च गरिन्। ‘मान्म डिपोबाट २० किलो जति नुन लैजाने मन थियो, तर ५ किलो मात्रै दिने नियम बनाएको रहेछ’,

कालोसूचीमा परे २२ कम्पनी

    प्रकाशित मितिः १५ माघ २०८०, सोमबार १०:४९
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन राम्रो नभएका २२ निर्माण व्यवसायीहरुलाई कालोसूचीमा राखेको छ । ती निर्माण व्यवसायीहरु ३ देखि १ वर्ष अवधिका लागि कालोसूचीमा परेका छन् । कालोसूचीमा परेकाहरु कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । कालोसूचीमा परेकाहरुमा लोहनी एण्ड ब्रदर्श प्रालि भरतपु
बचतकर्ताको २ अर्ब बढी रकम अपचलन गरेको आरोपमा पक्राउ

बचतकर्ताको २ अर्ब बढी रकम अपचलन गरेको आरोपमा पक्राउ

    प्रकाशित मितिः १४ माघ २०८०, आईतवार १२:३६
इमेज बचत तथा सहकारी संस्थाकी कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको निसिखोला गाउँपालिका-३ बस्‍ने २७ वर्षीया लक्ष्मी सेन सुनार रहेकी छन् । उनलाई ललितपुरको धोबीघाटबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले जनाएको छ । पक्राउ परेकी लक्ष्मीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङको जिम्मा लगाइएको सीआईबीका प्रवक्ता तथा