बाटोमै बच्चा जन्माएकी सुत्केरीको मृत्यु
प्रकाशित मितिः १६ आश्विन २०८१, बिहीबार १५:०६
अछाममा एक सुत्केरीको मृत्यु भएको छ।
ढकारी गाउँपालिका ६ कि २९ वर्षीया सरितादेवी जैशीको उच्च रक्तश्रापका कारण मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गए राति करिब १२ बजे उनलाई सुत्केरी ब्यथा लागेको थियो।
परिवारका सदस्यहरूले स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लग्ने क्रममा उनले बाटोमा नै बच्चा जन्माएकी थिइन्।
बाटोमा सुत्केरी भएकी उनलाई उच्च रक्तश्रापको समस्या देखिएको थियो। त्यसलगत्