☰ open Loading... 18 April 2024|  

फरक विश्व

हुम्लाबाट ताक्लाकोट जान सीमा पास लिने बढे

हुम्लाबाट ताक्लाकोट जान सीमा पास लिने बढे

    प्रकाशित मितिः ६ बैशाख २०८१, बिहीबार २१:०७
छिमेकी मुलुक चिनको पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको संख्या बढ्दै गएको छ । ताक्लाकोटमा व्यापार व्यवसाय र रोजगारीका नेपाल र चीनको सीमानाका हिल्सा हुँदै जाने भएकाले फागुनयता सीमा पास लिने नागरिकको भीड जिल्ला प्रशासन कार्यालयमा बढ्न थालेको छ । कार्यालयका अनुसार ताक्लाकोट जान यस वर्ष ३ सय २८ जनाले पास लिएका छन् भने ८ सय ७८ जनाले पास नवीकरण गरेका छन् । जिल्ला प्रशासन हु
बाढीमा डुबेको दुबई

बाढीमा डुबेको दुबई

    प्रकाशित मितिः ६ बैशाख २०८१, बिहीबार १४:०९
भारी वर्षा र आँधीले खाडीका केही राज्य बाढीको चपेटामा परे । बाढीको कारण मंगलबार दुबई विमानस्थल नै बन्द गर्नु परेको थियो । प्रायजसो गर्मी र घमाइलो मौसम हुने संयुक्त अरब इमिरेट्स (यूएई)मा २४ घण्टाको अवधिमा १०० एमएम भन्दा बढी वर्षा भयो । यो ७५ वर्षयता वर्षासम्बन्धी रेकर्ड राख्न थालेयताकै धेरै थियो । स्थानीय सरकारले रेड अलर्ट जारी गरेको छ भने कार्यालय, विद्यालय र बैंक नै बन्द गरिएको छन् । आँधीको च
खाडीमा भीषण वर्षा, नेपालमा सयौं यात्रु अलपत्र

खाडीमा भीषण वर्षा, नेपालमा सयौं यात्रु अलपत्र

    प्रकाशित मितिः ५ बैशाख २०८१, बुधबार २०:४९
यूएईलगायत खाडी क्षेत्रमा सोमबार राति भएको भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र परेका छन् । पोखराका चिरञ्जीवी धिताल, सुनसरीका आजाद अन्सारी लगायतका यात्रु मंगलबार राति १ बजे एफजेट–५७४ नम्बरको उडानबाट दुबई पुग्नुपर्ने थियो । तर, मंगलबार फ्लाई दुबईले राखेका तीनमध्ये दुबई–काठमाडौं–दुबईका दुइटा उडान भएन । ‘मौसमको कारण देखाउँदै उडान रद्द भएको भनियो,’ छ
भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु

भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु

    प्रकाशित मितिः ३ बैशाख २०८१, सोमबार ०८:५९
अफगानिस्तानमा विगत तीन दिनदेखि परेको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ। अफगानिस्तान सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार गत शुक्रवारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा ठूलो मानवीय तथा वित्तीय क्षति भएको छ। विभागका प्रवक्ता जनान सायेकले घटनामा २७ जना घाइते भएका छन्। सायेकका अनुसार अधिकांश मृत्यु घरको छत खसेर भएका छन्। करिब छ सय घर क्षतिग्रस्त वा नष्ट भएका छन्
जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु

जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु

    प्रकाशित मितिः २७ चैत्र २०८०, मंगलवार ११:३१
भारतको उत्तराखण्डमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। उत्तराखण्डस्थित नैनीतालमा यात्रुबाहक जिप बेतालघाट क्षेत्रमा दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो। प्रहरीका अनुसार जिपमा ११ जना सवार थिए। घाइते तीनै जनालाई अस्पताल भर्ना गरिएको छ।
ताइवान भूकम्प : ९ जनाको मृत्यु, ५० बेपत्ता

ताइवान भूकम्प : ९ जनाको मृत्यु, ५० बेपत्ता

    प्रकाशित मितिः २२ चैत्र २०८०, बिहीबार १०:११
ताइवानमा बुधबार बिहान गएको भूकम्पबाट ९ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन् । भूकम्पमा परी करिब ९०० जना घाइते छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार मिनीबस चढेर होटलतर्फ गइरहेका कर्मचारीहरु नेशनल पार्क क्षेत्रमा बेपत्ता भएका हुन् । आपतकालीन सेवाको टोली बुधबारदेखि नै खोज तथा उद्धार कार्यमा सक्रिय छ । उनीहरु भग्नावशेषहरु हटाउने र प्रभावितहरुलाई आश्रयस्थलको व्यवस्था गर्ने काममा व्यस्त
झन्डै ८० प्रतिशत अफगानी खानेपानीको पहुँचभन्दा बाहिर

झन्डै ८० प्रतिशत अफगानी खानेपानीको पहुँचभन्दा बाहिर

    प्रकाशित मितिः १२ चैत्र २०८०, सोमबार १४:०२
अफगानिस्तानका करिब ८० प्रतिशत नागरिक खानेपानीको पहुँचभन्दा टाँढा रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले शुक्रवार सार्वजनिक गरेको उक्त प्रतिवेदनले अफगानिस्तानका करिब ७९ प्रतिशत जनसङ्ख्यामा पिउने पानीको पहुँच नभएको देखाएको छ। प्रतिवेदनमा गम्भीर खडेरीको अवस्था, आर्थिक अस्थिरता र लामो समयदेखिको द्वन्द्वको विनाशकारी प्रभावका कारण अफगानिस्तानको प
आईपीएलमा आज दुई खेल हुँदै

आईपीएलमा आज दुई खेल हुँदै

    प्रकाशित मितिः १० चैत्र २०८०, शनिबार १०:०१
इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दुई वटा खेल हुँदै छन् । नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्सबिच हुनेछ भने राति ७ः४५ बजे सुरु हुने दोस्रो खेल कोलकता नाइट राइडर्स र सनराइज हैदराबादबीच हुनेछ । शुक्रबारदेखि भारतमा सुरु भएको खेलको उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिए ।
रुसमा आतंकवादी आक्रमण : कम्तीमा ६० जनाको मृत्यु

रुसमा आतंकवादी आक्रमण : कम्तीमा ६० जनाको मृत्यु

    प्रकाशित मितिः १० चैत्र २०८०, शनिबार ०८:५३
रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने १०० जनाभन्दा घाइते भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई 'आतंकवादी हमला' भनेको छ। रुसी समाचार एजेन्सीका अनुसार यो घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो । यहाँ कन्सर्ट हुन लागेको थियो । बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गका अनुसार कन्सर्टअघि भेषमा हलभित्र प्रवेश गरेका
सुर्खेतमा थपियो तीन तारे होटेल

सुर्खेतमा थपियो तीन तारे होटेल

    प्रकाशित मितिः ७ चैत्र २०८०, बुधबार २०:४१
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–१४ मा झन्डै २१ करोड रुपैयाँको लागतमा ‘स्टे होटेल भ्याली भ्यु’ सञ्चालनमा आएको छ। दैलेख सडकखण्ड अन्तर्गत पर्ने लादेमा तीन तारे स्तरको होटेल सञ्चालनमा आएको हो। सञ्चालक तर्कबहादुर शाहीले प्रदेश राजधानीमा सुविधा सम्पन्न होटेलको आवश्यकता महसुस गरेर एकान्त ठाउँमा तीन तारे स्तरको होटेल सञ्चालनमा ल्याइएको बताए। एकान्त र सुविधा सम्पन्न होटेल भएकाले सबैको रोजाइमा पर्न