☰ open Loading... 19 April 2024|  

फरक विश्व

जाजरकोट भूकम्प: अहिलेसम्म १२८ जनाको मृत्यु, १४१ जना घाइते

जाजरकोट भूकम्प: अहिलेसम्म १२८ जनाको मृत्यु, १४१ जना घाइते

    प्रकाशित मितिः १८ कार्तिक २०८०, शनिबार ०८:०४
जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्। प्रहरीका अनुसार जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन्। त्यस्तै पश्चिम रुकुममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्।
नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु

नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु

    प्रकाशित मितिः १८ कार्तिक २०८०, शनिबार ०३:११
सुर्खेत । जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले बताए । ‘उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो,’ रोकाले भने । सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।
जितपछिकाे विजय उत्सव

जितपछिकाे विजय उत्सव

    प्रकाशित मितिः १७ कार्तिक २०८०, शुक्रबार १८:४९
ऐतिहासिक जितसहित नेपाल आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको छ। आज भएको सेमिफाइनल खेलमा युएईमाथि शानदार जित हात पार्दै नेपालले आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको हो। १३५ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। त्यसो त नेपाल १० वर्षपछि आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ। पछिल्लो पटक सन् २०१४ मा बंगलादेशमा सम्पन्न आइसिसी ट्व
गाजापट्टी र वेस्ट बैंकमा इजरायली सेनाको तीव्र आक्रमण

गाजापट्टी र वेस्ट बैंकमा इजरायली सेनाको तीव्र आक्रमण

    प्रकाशित मितिः ६ कार्तिक २०८०, सोमबार १८:५६
इजरायलले हमास समूहको नियन्त्रण रहेको गाजापट्टीसँगै प्यालेस्टाइन लिब्रेसन अर्गनाइजेसन (पीएलओ) को नियन्त्रण रहेको वेस्ट बैंकमा समेत आक्रमणलाई तीव्र बनाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली सुरक्षा संयन्त्र आईडीएफले गत ७ अक्टोबरको आक्रमणमा हमासले बन्धक र बेपत्ता बनाएका आफ्ना र विदेशी नागरिकको खोजी गर्ने भन्दै आइतबारदेखि गाजा र वेस्ट बैंक दुवै क्षेत्रमा आक्रमण बढाएको हो । इजराय
कालापानीमा आए भारतीय प्रधानमन्त्री मोदी

कालापानीमा आए भारतीय प्रधानमन्त्री मोदी

    प्रकाशित मितिः २६ आश्विन २०८०, शुक्रबार ११:५७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको चुच्चे नक्साभित्र समेटिएको दार्चुलाको कालापानी क्षेत्रमा भ्रमण गरेका छन् । मोदीले बिहीबार नेपालको नक्सामा समेटिएको गुञ्जी र कुटीलगायत क्षेत्रमा भ्रमण गरेका हुन् । भारतीय अतिक्रमणमा रहेका नावी, गुञ्जी, कुटी नेपालले ०७७ मा जारी गरेको चुच्चे नक्साभित्र समेटिएका गाउँ हुन् । मोदीले गुञ्जीमा भेटघाट कार्यक्रम राखेका थिए । मोदीसँग उत्तराखण्ड राज्यका मुख

इजरायल, प्यालेस्टाइन र हमास : यस्तो छ दशकौंदेखि जारी संघर्षको जड

    प्रकाशित मितिः २२ आश्विन २०८०, सोमबार १२:५३
प्यालेस्टाइनस्थित हमास चरमपन्थीहरुले शनिबार बिहान इजरायलमा आश्चर्यजनक आक्रमण गरेसँगै इजरायलले समेत गाजापट्टीमा गरिरहेको प्रत्याक्रमणमा सयौँ जनाको ज्यान गइसकेको छ भने कैयन् घाइते बनेका छन् । हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीहरुकेा समेत निधन भैसकेको छ । इजरायली बमवर्षक विमानले खसालेका बमले प्यालेस्टाइनी इलाकामा गगनचुम्बी भवनहरु समेत धुलिसाद भैरहेका भिडियोहरु अनलाइनमा छाइरहेका छन् । दुबैतर्
दूतावासद्वारा १० जनाको मृत्यु पुष्टि, दूतावासको विवरण ‘भेरिफाई’ गर्दै परराष्ट्र मन्त्रालय

दूतावासद्वारा १० जनाको मृत्यु पुष्टि, दूतावासको विवरण ‘भेरिफाई’ गर्दै परराष्ट्र मन्त्रालय

    प्रकाशित मितिः २१ आश्विन २०८०, आईतवार २२:०१
आतंकवादी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी मृत्यु भएका नेपालीहरूको बारे परराष्ट्र मन्त्रालयले सोमबार (भोलि) मात्र आधिकारिक रुपमा जानकारी दिने भएकाे छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले यसबारे मन्त्रालयमा सूचना आइसके पनि पुष्टि गर्न बाँकी रहेकाले आधिकारिक रुपमा भोलि मात्र सार्वजनिक गर्ने बताएकी छिन्। इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले परराष्ट्र मन्त्रालयलाई इजरायल हमलाम
इजरायलबाट समर्पण भन्छन्: ‘बम पड्केको सुन्दा मुटुले ठाउँ छोड्छ, बङ्कर भित्र बसेका छौँ’

इजरायलबाट समर्पण भन्छन्: ‘बम पड्केको सुन्दा मुटुले ठाउँ छोड्छ, बङ्कर भित्र बसेका छौँ’

    प्रकाशित मितिः २१ आश्विन २०८०, आईतवार २०:४३
कति बेला आकाशमा विस्फोट हुन्छ, थाहा हुन्न। आकाशमा देखिने आगोका मुस्लोले होस उड्छ। ज्यान जोगाउने कसरी? जसरी हुन्छ चाँडै नेपाल फर्कन पाए हुन्थ्यो जस्तो लाग्छ इजरायलमा रहेका दाङका समर्पण आचार्यलाई। ‘कति बेला आकाशमा पड्किने हो केही थाहा हुन्न,’ उनले भने ‘कसरी ज्यान जोगाउने भन्ने त्रासमा बाँचिरहेका छौँ।’ इजरायलको बर्सो भन्ने स्थानमा छन् समर्पण। उनी भएको स्थान भन्दा झण्डै २० किलोमिटर दुरीमा रहेको ‘अल
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प, सय जनाभन्दा बढीको मृत्यु

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प, सय जनाभन्दा बढीको मृत्यु

    प्रकाशित मितिः २१ आश्विन २०८०, आईतवार ११:३२
अफगानिस्तानमा गएको भूकम्पमा एकसय जनाभन्दा बढीको मृत्यु भएको छ। शनिवार आएको भूकम्पमा परी ५ सयभन्दा बढी घाइते भएका छन्। समाचार संस्था बीबीसीका अनुसार स्थानीय समय अनुसार हेरात शनिवार मध्याह्न ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।भूकम्पमा परी हालसम्म १ सय २० जनाको मृत्यु भइसकेको छ। भूकम्पको केन्द्रविन्दु हेरातबाट करिब ४० किलोमिटर उत्तर–पश्चिममा थियो। भूकम्पबाट हेरात प्रान्त सबैभन्दा ब
हमासले इजरायलमाथि गरेको आक्रमणमा नेपाली पनि घाइते

हमासले इजरायलमाथि गरेको आक्रमणमा नेपाली पनि घाइते

    प्रकाशित मितिः २० आश्विन २०८०, शनिबार २०:२१
प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा नेपालीहरू पनि घाइते भएका छन्। शनिबार बन्दुकधारीहरूले अचानक इजरायलका विभिन्न सहरहरूमा आक्रमण गरेका हुन्। जसमा नेपालीहरू पनि घाइते भएका छन्। केही नेपालीहरू घाइते भएको सूचना पाएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्। उनले यसबारे थप विवरण बुझ्ने काम भइरहेको जानकारी दिएकी छन्। ‘केही घाइते भएको सूचना पाएका छौं। व